Search
Close this search box.
"विरोध प्रदर्शन"

मन्त्रिपरिषद् विस्तार गर्न लागेकोमा विरोध

 

 

 

मोरङ— मुख्यमन्त्री राईले आइतबार मन्त्रालय बढाएर मन्त्रिपरिषद् विस्तार गर्न लागेकोमा एमाले नेतृत्वको विद्यार्थी संगठन अनेरास्ववियुले सडकमा विरोध प्रदर्शन गरिरहेको छ ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी ५ दलीय गठबन्धनको सरकारले गत आइतबार मन्त्रालयको संख्या ७ बाट बढाएर १२ पुर्‍याएको थियाे । तर, आज एउटा अझै थपेर मन्त्रालयको संख्या १३ पुर्‍याइएको छ ।

प्रदेश प्रमुख कार्यालयको सचिव तुलसीराम सेढाईंले बिहान ११ बजे मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी गरिएको बताएका छन् । मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तारका लागि ८ जनालाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी गरेको छन् ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp