अनुशीलन

‘जीवन आचार्यको उचाई अनुसार काम गर्न अलि सकिएन’

दमक, ३ जेठ / पेशाले प्राध्यापकका रुपमा रहनु भएका झापा दमकका भूमिप्रसाद दाहाल लामो समयदेखि साहित्यिक गतिविधिमा सामेल सर्जक हुनुहुन्छ । जीवनाथ दाहाल र खगमाया दाहालका सन्तानका रुपमा वि.सं.२०२२ सालमा हिलिहाङ पाँचथरमा जन्मिनु भएका उहाँ हाल ३० को दशकको नेपालकै प्रख्यात सर्जक जीवन आचार्यको स्मृतिमा २०५८ मा गठित ‘जीवन स्मृति प्रतिष्ठान’को विगत १५ वर्षअघि देखि निरन्तर अध्यक्ष रहनु भएको छ । उहाँले काठमाडौंमा कर्मथलो बनाएका त्यो बेलाका प्रभावशाली बहुप्रतिभाशाली सर्जक जीवन आचार्यको उचाई अनुरुपको गतिविधि झापामा सञ्चालन गर्न केही कठिनाई भएको बताउनु भएको छ ।

 

२०१५ चैत्र २० गते जन्मिनु भएका आचार्यको मृत्यु २०४६ मा भएको थियो । कवि, पत्रकार, चित्रकार, स्तम्भकार, डिजाइनरका रुपले प्रभावशाली रुपमा परिचय बनाउनु भएका उहाँको जीवनकालमा प्रकाशित कृतिमा कविता संग्रह अन्तहीन सुरुवात (२०४१) र जीवनका धुनहरू (२०४७) रहेका छन् । प्रतिष्ठानले जीवनका कविताहरु र सम्पूर्णमा जीवन आचार्य नामक २ कृति प्रकाशित गरेको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो ।

 

तात्कालिन भारतीय राजदूत नरेन्द्र जैन आचार्यको सृजनशीलताबाट प्रभावित भएर अन्त्यहीन सुरुवात संग्रहका लागि सहयोग समेत प्रदान गरेको प्रसंग उहाँले सुनाउनु भयो । ०६५ सालबाट सुरु गरिएको आचार्यको स्मृति पुरस्कार वितरण कार्य ०७८ सालबाट थगित सरह रहेको अवस्थामा अब जेठ महिनाभित्रै विगत ३ वर्षका पुरस्कार वितरण गर्ने प्रतिष्ठानले निर्णय गरेको छ । प्रतिभा छनौट समितिको सिफारिसमा कार्यसमितिले जीवन स्मृति पुरस्कार २०७८ का लागि स्रष्टा लीला उदासी, २०७९ का लागि मदन पुरस्कार विजेता नियात्राकार युवराज नयाँघरे, २०८० का लागि कलाकार बिक्रमश्रि र २०८१ का लागि कथाकार रीता ताम्राकारलाई प्रतिभा छनौट गरेको छ । युवा प्रतिभा प्रोत्साहन पुरस्कारका लागि सर्जक चोमू शेर्पा खुशीलाई छनौट गरेको छ । ती पुरस्कारहरु जीवन आचार्यको स्मृति दिवसको अवसरमा प्रदान गर्ने योजनामा स्मृति दिवसको समय घर्किएपनि जेठ महिनाभित्रै प्रदान गरिने उहाँले जनाउनु भयो । जीवन स्मृति प्रतिभा पुरस्कारको राशि समेत बढाएर जनही २०,१११ नगद र ताम्रपत्र साथै जीवन स्मृति युवा पुरस्कार १०,१११ नगद र ताम्रपत्र सहितबाट पुरस्कृत गरिने कार्यक्रमका बारेमा पनि उहाँले जानकारी गराउनु भयो ।

 

अध्ययनका क्रममा भारतमा रहँदा दाहालले सन् १९८३ मा नेपाली छात्र संघ हरिद्वारबाट प्रकाशित ‘सगरमाथा’ पत्रिकामा शिक्षा निवन्धबाट लेखनयात्रा थाल्नु भएका उहाँ कविता, कथा र समालोचना क्षेत्रमा कलम चलाउनुहुन्छ ।

 

एमए र बीएडको अध्ययनपछिको लामो अन्तरालपछि यसबेला उहाँ विद्यावारिधिको तयारीमा हुनुहुन्छ । वि.सं.२०५५ सालबाट दमक बहुमुखी क्याम्पसमा प्राध्यापन थाल्नु भएका उहाँले नेपाली विभाग प्रमुखहुँदै हाल अनुसन्धान व्यवस्थापन इकाइ र प्रकाशन इकाइको संयोजकको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । दमक ९ निवासी उहाँको कविता संग्रह ‘स्वप्न महल’ प्रकाशनको संघारमा पुगेको छ । उहाँसँग उहाँको साहित्यिक यात्राका गतिविधि र जीवन स्मृति प्रतिष्ठानको गतिविधिका सन्दर्भमा ‘अनुशीलन’ कार्यक्रमको ३२ औं सृंखलामा गरिएको भिडिओ कुराकानी प्रस्तुत छ :

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डलरसहित विदेशी मुद्राको आजको विनिमयदर यस्तो

काठमाडौं भदौ १३। नेपाल राष्ट्र बैंकले आज ९शनिबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१

गाईजात्राको इतिहास प्रताप मल्लभन्दा पनि पुरानो : डा. गोविन्द टन्डन

काठमाडौं , भदौ १३ । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा सुरु भएको भन्ने प्रचलित धारणा ऐतिहासिक रूपमा अपूर्ण रहेको बताएका छन् ।

बाढीपीडितको राहतमा नमुना कलेजले दियो ५ लाख ५ हजार ५५ रुपैयाँ

विराटनगर , भदौ १३ । इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गर्ने निर्णय

२४ घण्टामा ५१४ सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौं , भदौ १३ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले

भोटेकोशी बाढीका पहिचान नभएका शव चितवनमा व्यवस्थापन गरिँदै

काठमाडौं,१३ भदौ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसे शवको व्यवस्थापन गरिने भएको छ।जिल्ला प्रशासन कार्यालय

रसुवाका बाढीपीडितलाई सहयोग गर्न प्राधिकरणको आह्वान

काठमाडौं , भदौ १३। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित क्षेत्रमा हालसम्म पनि