दुर्घटना

हिउँमा चिप्लिएर टाटा सुमो दुर्घटना हुँदा तीन घाइते

 

 

 

 

सोलुखुम्बु — सोलुखुम्बुमा हिउँमा चिप्लिएर टाटा सुमो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । आइतबार बिहान ११ बजे सोलुदुधकुण्ड नगरपालिकाको गोरा–टाप्टिङबाट सल्लेरी आउँदै गरेको ना १ ज ६१७७ नम्बरको सुमो सोलुदुधकुण्ड नगरपालिका ७ भित्ताखर्कको भित्री सडकको हिउँमा चिप्लिएर दुर्घटना भएको हो ।

सुमो सडकबाट करिब ३० मिटर तल खसेको थियो। दुर्घटनामा सोलुदुधकुण्ड ८ का दिलिप मगर, सोही ठाउँका राजकुमार मगर र थुलुङ दुधकोशी १ नेलेकी सपना कार्की घाइते भएका छन् ।

उनीहरूको शरीरको बाहिरी भागमा चोट नलागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाबारे स्थानीयले खबर गरेपछि घटनास्थलमा प्रहरी पुगेको थियो । घाइते तीनै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

किसानको समस्या समाधान गर्न सांसद अमरेश सिंहको माग

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले उखु किसानको भुक्तानी र मल अभावको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

रास्वपाका सांसद गजुरेलको पानीजन्य दुर्घटना रोक्न सरकारलाई ध्यानाकर्षण

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले पानीमा डुबेर हुने मृत्युका घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुु भयो । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाही,१२ जेठ । सर्लाही प्रहरीले भरुवा बन्दुकसहित हिँडडुल गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–२ सुकुमवासी टोलका अन्दाजी ३८ वर्षीय

सभामुख अर्यालसँग कोरियाली राजदूत तायोङ पार्कको शिष्टाचार भेटवार्ता

काठमाडौं,१२ जेठ । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेटवार्ता गर्नु भएको छ । भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी,

नेतृत्व असफल भयो, तर कांग्रेस फुट्दैन’

काठमाडौं,१२ जेठ । नेपाली कांग्रेसका नेता एवम सामाजिक अभियन्ता महेश नेपालीले पार्टी बैचारिक रुपमा फुट्न नसक्ने बताउनु भएको छ। अध्याँरो कोठामा बसेर निर्णय गर्ने परिपाटीका

बैठकमा मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल

काठमाडौं,१२ जेठ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल भएको छ । मंगलबार