दुर्घटना

हिउँमा चिप्लिएर टाटा सुमो दुर्घटना हुँदा तीन घाइते

 

 

 

 

सोलुखुम्बु — सोलुखुम्बुमा हिउँमा चिप्लिएर टाटा सुमो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । आइतबार बिहान ११ बजे सोलुदुधकुण्ड नगरपालिकाको गोरा–टाप्टिङबाट सल्लेरी आउँदै गरेको ना १ ज ६१७७ नम्बरको सुमो सोलुदुधकुण्ड नगरपालिका ७ भित्ताखर्कको भित्री सडकको हिउँमा चिप्लिएर दुर्घटना भएको हो ।

सुमो सडकबाट करिब ३० मिटर तल खसेको थियो। दुर्घटनामा सोलुदुधकुण्ड ८ का दिलिप मगर, सोही ठाउँका राजकुमार मगर र थुलुङ दुधकोशी १ नेलेकी सपना कार्की घाइते भएका छन् ।

उनीहरूको शरीरको बाहिरी भागमा चोट नलागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाबारे स्थानीयले खबर गरेपछि घटनास्थलमा प्रहरी पुगेको थियो । घाइते तीनै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।