मेराे गाउँ- मेराे ठाउँ

सिक्रे : सुर्ती बदामदेखि सम्भावनासम्म

पहिले अति विकट भनिने सिक्रे, अहिले भने आफूलाई नयाँ पहिचान दिन आतुर छ। गाउँमा सडकको गडगडाहट आउन थालेको छ—पहाड काटेर मात्र होइन, मानिसहरूको सोच फोरेर पनि।

कहिल्यै सुन्नुभएकाे छ एउटा यस्तो गाउँको कथा, जहाँ विगतमा मडारिने सुर्तीकाे धुवाँ अहिले उज्यालोमा परिणत भएको छ ।

सिक्रे—भोजपुरको एक सानो तर गर्विलो गाउँ। कहिल्यै कुनै नक्शामा अग्लो अक्षरमा नचढेको, तर मानिसको मेहनतले इतिहास लेख्ने ठाउँ। यो गाउँ पहिले जरायोटार गाविस वडा नम्बर ५ मा पर्थ्याे, संघीयतापछि भने अरुण गाउँपालिका वडा नम्बर ७ मा सुन्दर पहिचान बनाउँदैछ।

कहिले काहीँ, त्यो गाउँमा बिहानैको कुहिरोमा हराउँदै किसानहरू सुर्तीका बिरुवा स्याहार्थे। घरघरमा बदामका थुप्रा सुकिरहेका हुन्थे—बालकहरूले लुक्दै–छिप्दै नटिपुन् भनेर गाउँका बूढी आमाहरूको नजरले तिनलाई छोएर जान्थ्यो। खेतबारीमा  पानीझैं पसिना बग्थ्याे, अनि साँझमा त्यो पसिना—थोरै आशा र धेरै थकानसहित—चुल्होको आगोमा मिसिन्थ्यो।

तर समयको पखेटा फरक दिशामा फर्फरायो।

पहिले अति विकट भनिने सिक्रे, अहिले भने आफूलाई नयाँ पहिचान दिन आतुर छ। गाउँमा सडकको गडगडाहट आउन थालेको छ—पहाड काटेर मात्र होइन, मानिसहरूको सोच फोरेर पनि। एक समय घाँस बोकेर उकालो ओरालो गर्ने चेलीहरु , अहिले स्मार्टफोनमा गाउँका प्रगतिको भिडियो खिच्दै छन्।  शिक्षाकाे ज्याेति खाेज्दै शहर पुगेका युवा अब गाउँ फर्केर व्यवसाय थालिरहेका छन्।

त्यही गाउँका विनाेद, जो कुनै समय सुर्ती बेचेकै भरमा जीवन चलाउँथे,  अहिले रूद्राक्ष व्यवसायबाट राम्रे तरक्की गरेका छन्। विदेशी पाहुनाहरू गाउँकै पिङ खेल्न आइपुग्छन्। बदाम अब बजारमा मात्र हाेइन, फेसबूकको पेजमा पनि बिक्न थालेकाे छ ।

बुढी आमा, जसले पहिला कहिल्यै गाउँ छाडिनन्, अचेल भन्छिन्, “हाम्रो सिक्रे अब सहर बन्ने तर्खरमा छ। यो बाआमाले देख्न नपाएको सपना मैले देखिरहेकी छु।”

त्यो सपना अब सिक्रेका हरेक आँखामा छ—त्यो सपना हो, उकालो बाटो पार गर्ने आँटको, र सानो गाउँलाई ठूलो बनाउने साहसको।

सिक्रे अब सुर्तीको बास्नाबाट होइन, सम्भावनाको सुवासबाट चिनिन थालेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट