सहकारीमै साधना केन्द्र

सहकारीका सदस्यको योग साधना केन्द्र, ‘रोग हरायो, आर्थिक चिन्ता भुलायो’

दमक, ७ बैशाख ।    स्वास्थ्य जीवनको चाहना, योग , शिक्षा र साधना भन्ने नारा सहित स्थापीत भएको सुर्यदर्शन योग साधना केन्द्रको प्रथम वार्षिक उत्सव सम्पन्न भएको छ । सुर्यदर्शन बचत तथा ऋण सहकारी सस्थाले आफ्‌ना सदस्यहरुमा योग साधना गराएर स्वस्थ्व जीवन जीउने वातावरण बनाइदिएको हो । यसरी योगसाधना केन्द्रमा आउनेहरुमा निकै परिवर्तन भएको र यसले आर्थीक तनावबाट समेत मुक्त गराउन मद्यत गरेको बताइएको छ ।

झापाको दमक २ स्थायी घर भइ अहिले दमक ७ मा बस्दै आउनु भएका तारा प्रसाद उप्रेती यस साधना केन्द्रमा आएर योग ध्यान गर्ने नियमीत साधक हुनुहुन्छ । योग गरेपछि आफ्‌नो शिरिरमा रहेका सबैखाले रोगहरु निको हुन थालेको र बाहिरी औषधीको समेत प्रयोग घटाउँन थालेको उहाँले अनुभव सुनाउनु भयो ।

बजार क्षेत्रमा रहेका व्यवसायीहरु मुख्य सदस्य रहेको यस सहकारीले आफ्‌ना सदस्यहरुको आर्थीक तनाव घटाउन पनि यो खाले योग साधना गराउन थालेको हो । सस्थाका सञ्चालक सदस्य समेत रहनु भएका रोटरी क्लव अफ दमकका अध्यक्ष बिक्रम शाहले व्यापारीलाई स्फुर्ती पार्न योग महत्वपूर्ण रहेको र सुविधा सम्पन्न हल समेत उपलब्ध गराएर सहकारीले सहयोग गरेको भन्दै प्रशंषा गर्नु भयो ।

नेतृत्व परिवर्तन समेत भएको बुधबार यो वार्षिक उत्सव निकै भव्य र सभ्य भयो । नेतृत्व चयन हुनुअघी बोल्दै सस्थाका अध्यक्ष टिकाराम सापकोटाले भन्नु भयो सबै सर्वसम्मत नेतृत्व चयन होस । यहाँ कुनै राजनैतिक मदभेद नहोस । सबैले अपनत्व हुनेगरिको नेतृत्व बन्यो भने मात्रै सर्वस्वीकार्य हुन्छ ।

कार्यक्रमको प्रमुख अतिथीका रुपमा बोल्दै दमक नगरपालिका वडा नं ६ का वडाध्यक्ष टेक बहादुर थापाले सहकारीका सदस्यहरुलाई योग तथा ध्यानको माद्यमबाट स्वस्थ्य जीवन यापन गर्ने काममा योगदान गरेको भन्दै सस्थाको प्रशंषा गर्नु भयो । उहाँले भन्नु भयो यो अभ्यास अन्य सस्थाहरुले समेत गर्न आवश्यक छ ।

 

अधिबेसनले गंगाराम दाहालले संयोजकत्वमा ७ सदस्य योग साधना समिती गठन गरेको छ । जसको सह–संयोजकमा देवि भट्टराई, सचिवमा निर्मला पराजुली र कोषाध्यक्षमा जानुका घिमिरे चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा जमुना प्रसाई, चन्द्रा श्रेष्ठ र मीना देवि आचार्य चयन हुनु भएको छ ।

साथै अधिबेशनले तारा चम्लाईगाईलाई मुख्य प्रशिक्षक र अन्य चारजनालाई प्रशिक्षकको रुपमा समेत चयन गरेको छ । र राजकुमार खड्काको संयोजकत्वमा गठीत सल्हाकार समितीमा टंक आचार्य, अशोक चौधरी र इश्वर नेपाल समेत चयन हुनु भएको छ । सस्थाको १६ औ वार्षिक उत्सवको अवसरमा साताव्यापी बिभिन्न कार्यक्रम आयोजना गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट