सहकारीमै साधना केन्द्र

सहकारीका सदस्यको योग साधना केन्द्र, ‘रोग हरायो, आर्थिक चिन्ता भुलायो’

दमक, ७ बैशाख ।    स्वास्थ्य जीवनको चाहना, योग , शिक्षा र साधना भन्ने नारा सहित स्थापीत भएको सुर्यदर्शन योग साधना केन्द्रको प्रथम वार्षिक उत्सव सम्पन्न भएको छ । सुर्यदर्शन बचत तथा ऋण सहकारी सस्थाले आफ्‌ना सदस्यहरुमा योग साधना गराएर स्वस्थ्व जीवन जीउने वातावरण बनाइदिएको हो । यसरी योगसाधना केन्द्रमा आउनेहरुमा निकै परिवर्तन भएको र यसले आर्थीक तनावबाट समेत मुक्त गराउन मद्यत गरेको बताइएको छ ।

झापाको दमक २ स्थायी घर भइ अहिले दमक ७ मा बस्दै आउनु भएका तारा प्रसाद उप्रेती यस साधना केन्द्रमा आएर योग ध्यान गर्ने नियमीत साधक हुनुहुन्छ । योग गरेपछि आफ्‌नो शिरिरमा रहेका सबैखाले रोगहरु निको हुन थालेको र बाहिरी औषधीको समेत प्रयोग घटाउँन थालेको उहाँले अनुभव सुनाउनु भयो ।

बजार क्षेत्रमा रहेका व्यवसायीहरु मुख्य सदस्य रहेको यस सहकारीले आफ्‌ना सदस्यहरुको आर्थीक तनाव घटाउन पनि यो खाले योग साधना गराउन थालेको हो । सस्थाका सञ्चालक सदस्य समेत रहनु भएका रोटरी क्लव अफ दमकका अध्यक्ष बिक्रम शाहले व्यापारीलाई स्फुर्ती पार्न योग महत्वपूर्ण रहेको र सुविधा सम्पन्न हल समेत उपलब्ध गराएर सहकारीले सहयोग गरेको भन्दै प्रशंषा गर्नु भयो ।

नेतृत्व परिवर्तन समेत भएको बुधबार यो वार्षिक उत्सव निकै भव्य र सभ्य भयो । नेतृत्व चयन हुनुअघी बोल्दै सस्थाका अध्यक्ष टिकाराम सापकोटाले भन्नु भयो सबै सर्वसम्मत नेतृत्व चयन होस । यहाँ कुनै राजनैतिक मदभेद नहोस । सबैले अपनत्व हुनेगरिको नेतृत्व बन्यो भने मात्रै सर्वस्वीकार्य हुन्छ ।

कार्यक्रमको प्रमुख अतिथीका रुपमा बोल्दै दमक नगरपालिका वडा नं ६ का वडाध्यक्ष टेक बहादुर थापाले सहकारीका सदस्यहरुलाई योग तथा ध्यानको माद्यमबाट स्वस्थ्य जीवन यापन गर्ने काममा योगदान गरेको भन्दै सस्थाको प्रशंषा गर्नु भयो । उहाँले भन्नु भयो यो अभ्यास अन्य सस्थाहरुले समेत गर्न आवश्यक छ ।

 

अधिबेसनले गंगाराम दाहालले संयोजकत्वमा ७ सदस्य योग साधना समिती गठन गरेको छ । जसको सह–संयोजकमा देवि भट्टराई, सचिवमा निर्मला पराजुली र कोषाध्यक्षमा जानुका घिमिरे चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा जमुना प्रसाई, चन्द्रा श्रेष्ठ र मीना देवि आचार्य चयन हुनु भएको छ ।

साथै अधिबेशनले तारा चम्लाईगाईलाई मुख्य प्रशिक्षक र अन्य चारजनालाई प्रशिक्षकको रुपमा समेत चयन गरेको छ । र राजकुमार खड्काको संयोजकत्वमा गठीत सल्हाकार समितीमा टंक आचार्य, अशोक चौधरी र इश्वर नेपाल समेत चयन हुनु भएको छ । सस्थाको १६ औ वार्षिक उत्सवको अवसरमा साताव्यापी बिभिन्न कार्यक्रम आयोजना गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नर्सहरुमा नैरास्यता, देशभीत्र अवसर र सम्मान छैन अनी नविदेशीएर के गर्ने ?

दमक, १४ कार्तिक । नर्स स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्ड हुन्। अस्पतालमा बिरामीको हेरचाह, उपचारमा सहयोग, औषधि व्यवस्थापन लागायेत हरेक कार्यमा नर्सको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।

डुबान दमकको बसपार्क, यसले निकास पाउँदैन ?

दमक, १४ कार्तिक । दमक बसपार्क झापा जिल्लाको दमक नगरपालिकामा अवस्थित एक प्रमुख यातायात केन्द्र हो। यो बसपार्क पूर्वी नेपालका विभिन्न जिल्ला तथा प्रदेशहरूलाई जोड्ने

बिर्तामोडमा नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ

झापा,१४ कार्तिक । गोप्य सूचनाको आधारमा प्रहरीले बिर्तामोड नगरपालिका–४ पश्चिम बस स्ट्यान्ड छेउको एउटा डेरामा छापा मार्दै नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

नेपाललाई पायल्स फ्रि देश बनाउने अभियान चलाँउदै एन्जल फाउन्डेशन

दमक,१४ कार्तिक । नेपालमा रहेका अधिकांश मानिसहरु अहिले पायल्स,फिसर,फ्रिस्टुला जस्ता रोगहरुबाट ग्रषित छन् । यस खाले रोगहरु ढिला पत्ता लाग्ने र गोप्य ठाउँहरुमा हुने भएकाले

विद्युत आपूर्तिबन्दले उद्योग संकटमा, कोशीका मुख्यमन्त्री कार्कीको ध्यानकर्षण

  दमक, १३ कार्तिक । नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिँदा कोशी प्रदेशका विभिन्न उद्योगहरू प्रभावित बनेका छन्। यसले स्थानीय रोजगारीदेखि समग्र अर्थतन्त्रमा असर

चक्रवात ‘मोन्था’ को प्रभाव : २ दिन सर्‍यो झापा महिला गोल्डकप

बिर्तामोड,  १४ कात्तिक । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ ।