दमक नगरको बजेट तर्जुमा हुँदै

वडागत सिलिङ बजेट तोकियो, कुन वडामा कति बजेट पर्‍यो ?

सबैभन्दा बढी बजेट वडा नम्बर ३ र सबैभन्दा कम ७ नम्बरमा ।

दमक, ७ जेठ / झापाको दमक नगरपालिका कार्यालयले आर्थिक वर्ष २०८२/०८३ का लागि वडागत सिलिङ बजेट तोकेको छ ।

 

वडागत बजेट तर्जुमा गर्दा मुख्य ४ वटा आधारमा बजेट घटी बढी हुनसक्ने शुत्र बनाएको छ । जस अन्तर्गत बढी जनसंख्या हुनेले ४५, क्षेत्रफल बढी हुनेले ३५, गरिबीको अवस्थामा १० र वडागत आम्दानी १० प्रतिशत अंकका आधारमा बजेट तर्जुमा भएको छ ।

 

कुन वडामा कति बजेट ?
यसमा सबैभन्दा बढी बजेट वडा नम्बर ३ को रहेको छ । त्यहाँ २ करोड १९ लाख ९७ हजार ४ सय ६५ रुपैयाँको बजेट बन्ने भएको छ । सबैभन्दा कम वडा नम्बर ७ मा १ करोड २३ लाख ३२ हजार ८ सय ७६ रुपैयाँको बन्ने छ ।

 

वडा नम्बर १ मा १ करोड ५४ लाख ७२ हजार २ सय ६, २ मा १ करोड ७७ लाख ६४ हजार २ सय ३१, ४ मा १ करोड ७० लाख ७३ हजार ४ सय ५१, ५ मा १ करोड ५५ लाख ६७ हजार ७९ रुपैयाँको बजेट बन्ने सिलिङ निर्धारण भएको छ । वडा नम्बर ६ का लागि १ करोड २५ लाख ५६ हजार ७ सय ५, ८ का लागि १ करोड ३५ लाख ६९ हजार ८ सय ७४, ९ का लागि १ करोड ८४ लाख ५७ हजार १ सय ११ र १० का लागि १ करोड ५२ लाख ६८ हजार ७ सय ९६ रुपैयाँको बजेट तय गरिएको छ ।

 

भौतिक पूर्वाधारमा ६० प्रतिशत, सामाजिक विकास स्वास्थ्य तथा शैक्षिक सुधारमा १३ प्रतिशत, आर्थिक विकासमा १० प्रतिशत, नगरस्तरीय योजनाको साझेदारीका लागि ९ प्रतिशत, मर्मत संभार र वातावरण तथा विपद् व्यवस्थापनमा ४,४ प्रतिशत बजेट खर्च गरिने नीति समेत नगरले निर्धारण गरेको प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले उल्लेख गर्नुभएको छ ।

 

विषगत समितिहरुसँग सहकार्य तथा समन्वय गरी निर्धारित सिलिङ अनुसारको आयोजना /कार्यक्रम छनोट गरी जेठ १५ गतेभित्रमा नगरको योजना प्रशासन शाखामा उपलब्ध गराउन नगरपालिकाले वडाहरुलाई परिपत्र गरेको छ ।

Adobe Scan May 21, 2025 (1)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट