खोलामा दिसा फ्याक्ने सेफ्टी ट्याङ्कीलाई जरिवाना

दमक, ८ जेठ  ।  फोहोर व्यवस्थापनमा लापरवाही गरी मानव मलमुत्र (दिसाजन्य फोहोर) खोलामा फ्याँक्ने झापा सेफ्टी ट्याङकीलाई झापाको दमक नगरपालिकाले १५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

शौचालयबाट निकालिएको दिसाजन्य फोहोर झापा सेफ्टी ट्यांकी दमकले दमक २ स्थित डाकिनी खोला किनारमा लगेर फ्याँकेको पाइएकाले नगरपालिकाले सो जरिवाना गराएको हो ।

दमक २ डाकिनी चोकदेखि १०० मिटर पूर्वमा रहेको खोलामा सो ट्याङकीले त्यसखाले फोहोर फ्याँकेको प्रमाणित भएकाले फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ को खण्ड (क) बमोजिम कसुर गरेको ठहर गर्दै सो जरिवाना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीद्धारा हस्ताक्षरित नगरपालिकाको आधिकारिक पत्रमा उल्लेख छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट