विद्यार्थीलाई वित्तीय संस्था चिनाउन सहकारीले गर्‍यो हाजिरीजवाफ

जसमा दमकको हिमालय माद्यमिक विद्यालय प्रथम

दमक, ९, जेठ / दमक ६ मा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी सस्था लि.ले आफ्‌नो वार्षिक उत्सवको अवसरमा फरक फरक कार्यक्रम गर्दै आएको छ । यो पटक पनि सस्थाको १६ औ वार्षिक उत्सवको अवसरमा अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

संस्थाको कार्यालयमै विद्यार्थी, अभिभावक र विद्यालयका शिक्षक प्रतिनिधिलाई ल्याएर गरिएको कार्यक्रमले सन्देश चाँहि के दियो त ?
सहकारी सस्थामा कारोबार गर्ने कारोबारीहरुको भिड लाग्नु पर्ने हो । तर सूर्यदर्शन सहकारीमा भने शुक्रबार भिन्न दृष्य देखियो । यहाँ कारोबारी भन्दा पनि विद्यालय पोशाकका विद्यार्थी थिए । बिभिन्न विद्यालयका शिक्षक प्रतिनिधिका साथै अभिभावकहरुको भिड देखिएको थियो । यो भिड संस्थाको अवलोकन वा भ्रमणको भिड होइन । यो त सस्थाले नै आयोजना गरेको हजिरी जवाफमा भाग लिन आउने सहभागि विद्यालयका विद्यार्थीहरुको हो । अनि ती विद्यार्थीका साथमा आउने शिक्षक र अभिभावकहरुको पनि हो । सस्थाले अघिल्लो वर्षबाट विद्यार्थीहरुले पनि वित्तीय संस्था देख्नु पर्छ, बुझ्‌नु पर्छ र विद्यार्थी जीवन देखि नै बचत गर्ने बानी सिक्न पर्छ भन्ने भावनाको जागृत गराउन यो खाले कार्यक्रम गर्न थालेको सहकारी अध्यक्ष टीकाराज सापकोटाले जानकारी दिनुभयो ।

 

दमक र कमलका विद्यालयबाट प्रतिनिधिमाूलक रुपमा विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा आउनेहरुले देशको अर्थतन्त्रमा सहकारीको योगदान कस्तो हँुदो रहेछ भन्ने कुरा थाहा पाउन र यो कुरा समुदायको तल्लो तहसम्म पुर्याउन सके भने सहकारीहरु प्रतिको विश्वास अझ बढ्ने अपेक्षाले पनि यसखाले कार्यक्रम गरिएको सस्थाका सचिव कमल नेपालको भनाइ छ ।

 

समाजका हरेक अङ्ग र तहसँग जोडिदै सूर्य दर्शनले गरेको यो कामको प्रशंसा गरिएको छ । कमलस्थित मंगलमय माद्यमिक विद्यालयका सहायक प्रधानाध्यापक महेन्द्रप्रसाद घिमिरे भन्नु हुन्छ ‘अन्य शैक्षिक सस्थाले गरेको हाजीरीजवाफ भन्दा विषयबस्तुका हिसावले पनि फरक भएको र विद्यार्थीले पनि अन्त भन्दा भिन्न महसुस गरेका छन् ।’

 

शुक्रबार सम्पन्न भएको प्रतियोगितामा १४ वटा विद्यालयबाट ३ –३ जनाका दरले विद्यार्थीहरुको सहभागिता रहेको थियो । जसमा दमकको हिमालय माद्यमिक विद्यालय प्रथम, कमलको मंगलमय मावि दोस्रो, दमककै झापा मोडल अग्रेजी माद्यमिक विद्यालय तेस्रो र दमकको ग्लोबल एजुकेशनल एकेडेमीले सान्त्वना स्थान हाँसिल गरेको छ । बिजेताहरुलाई क्रमशः १०, ७, ५ र ३ हजार रुपैँयासहित प्रथम, द्वितीय र तृतीय हुनेलाई आकर्षक कप समेत प्रदान गरिएको थियो । साथै सोही अवसरमा संस्थाका विपन्न सदस्यका ३० जना छोरा छोरीलाई पुस्तक बोक्ने झोला सहित बिभिन्न शैक्षिक सामग्री समेत वितरण गरिएको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट