दमक, १० जेठ / चीनको बेइजिङमा नेपालसहित ११ विकासोन्मुख देशका पालिका प्रतिनिधिसहितको सहभागितामा कृषि तथा ग्रामिण विकास विषयक सेमिनार सञ्चालन भएको छ ।
चीनको वाणिज्य मन्त्रालयको आर्थिक व्यवस्थापनमा विदेश आर्थिक सहयोग केन्द्रले सेमिनारको आयोजना गरेको हो ।
सेमिनारमा नेपाल, अफ्रिका, जोर्डन, प्यालेस्टाइन, घाना, थाइल्याण्ड, इथियोपिया, नाइजेरिया, क्याराबियन, इजिप्टसहितका ११ विकासोन्मुख देशका २९ जना पालिका प्रतिनिधिको सहभागिता रहेको छ । शुक्रबारबाट सुरु भएको सेमिनारमा दमक नगर प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईं पनि सहभागि बन्नु भएको छ ।









