अनुशीलन

जीवनको उतारचढावले पहाड बनेकी ‘चेली’

दमक, १० जेठ / घर परिवारमा बुबा तथा अग्रजहरुले धार्मिक पुस्तक पढ्ने, भजन किर्तन गर्ने वातावरणले भावुक स्वभावकी सुमित्रा बाडदेल राईलाई सानै उमेरबाट सृजनातर्फ नजानिदो गरी आकर्षित गराएको थियो । फलस्वरुप जीवन भोग्दै आउँदाका उतारचढावले साहित्य सृजना मन भुलाउने अम्मली साधन बन्यो । जसले उहाँलाई अहिले सुमित्रा बाडदेल ‘चेली’का रुपमा साहित्यमा स्थापित गरिछोड्यो ।

 

सुन्दरताले भरिएको इलामको देउमाई नगरपालिका सोराने, शान्तिडाँडामा रामलक्ष्मी र रत्नबहादुर राईको सन्तानका रुपमा जन्मिएर त्यहीँ हुर्किनु भएकी ‘चेली’को झापाको दमकमा झरेपछि लेखन कार्य सार्वजनिक हुन पायो । ज्यादै अन्तरमुखी स्वभावलाई साहित्यिक र सामाजिक अन्तरघुलनमा घुलित हुँदै जाँदा निकै खुल्ने अवस्था समेत बन्यो । कविता र गजल लेखनसहितका साधनामा तल्लिन रहँदै जाँदा यसबेला नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्य बन्नु भएको छ ।

 

प्रगतिशिल लेखक संघ र जनसाहित्य लेखक संघकी केन्द्रीय सदस्य, साहित्य चौतारी बिर्तामोडकी आजीवन सदस्य, जीवन स्मृति प्रतिष्ठान दमककी सहसचिव, भवानी घिमिरे स्मृति प्रतिष्ठान लगायतको सदस्य उहाँका हालसम्म संयुक्तसहितका ६ वटा कृति प्रकाशित छन् । जसमा पहिलो कृतिका रुपमा ०५८ सालमा ‘चेलीभित्रको पहाड’ खण्डकाव्य प्रकाशित भयो । इलामे चेलीका रचनाहरू (संयुक्त कविता संगालो २०५९), गंगाजल (गजलसंग्रह–२०६०), नेपाली गजलमा नारी हस्ताक्षर (संयुक्त गजल संग्रह), नानीहरूलाई कोसेली (संयुक्त बालकथा संग्रह), गजलबिम्ब (संयुक्त गजल संग्रह) र ०७६ मा ‘उही धर्ती उही आकाश’ (गजल संग्रह) प्रकाशित भयो ।

 

साहित्य चौतारी बिर्तामोडबाट पहिलोपटक उत्कृष्ट रचनाकारका रुपमा २०५८ सालमा सम्मानित उहाँ नवरंग साहित्य प्रतिष्ठान, भूटान गजल मञ्च, पाँचथर गजल मञ्च, जुहीरत्न सम्मान, भानु साहित्यिक प्रतिष्ठान, नेपाल गणतान्त्रिक मञ्च काठमाडौं, प्रतिभा निकेतन दमक, गोकुल जोशी साहित्य प्रतिष्ठान, संजिवनी नारी साहित्यिक मञ्च खोटाङ, नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, दलित साहित्यिक मञ्च सुनसरीसहितबाट उहाँ सम्मानित भइसक्नु भएको छ । तुलसावाणी गजल स्मृति पुरस्कार विराटनगर, भानु कला केन्द्र तथा भानु मोरङ साँस्कृतिक समिति, किरात हाडसाम माङहिम, चुलाचुलीसहित दर्जनौं संस्थाहरुले सम्मान प्रदान गरेर उहाँको उचाई बढाएको छ । शालिन शैलीमा सृजनामार्फत विद्रोह ओकल्ने सर्जकका रुपमा उहाँ चिनिनु हुन्छ । हाल दमक ६ निवासी उहाँसँग साहित्य र जीवन संघर्षका सन्दर्भमा उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा भएको कुराकानी तलको भिडियो लिंकमा प्रस्तुत छ :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा