प्राथमिकीकरण र दीर्घकालिन योजनामा जोड

वडा वडामा धमाधम योजना तर्जुमा हुँदै

भौतिक पूर्वाधार विकासलाई मात्र जोड नदिएर चेतनाको विकासले पनि अब बजेटमा प्राथमिकता पाउनुपर्ने

दमक, १३ जेठ / आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पालिकाहरुले बजेट निर्माणको प्रक्रिया अघि बढाएका छन् । झापाको दमकमा पनि वडा वडामा बस्तीस्तरका योजनाहरु छनोटका लागि टोल विकास संस्थाको भेला चलिरहेका छन् । सवैजसो ठाउँमा दीर्घकालिन योजनाको माग बढेको छ ।

 

यस क्रममा दमक ५ स्थित बस्तीस्तरका योजना तर्जुमा भेलाका सहभागिहरुले योजना प्राथमिकीकरण गरेर जानुपर्नेमा जोड दिएका छन् ।
नेकपा एमाले दमक ५ नम्बर वडा कमिटीका अध्यक्ष रोहित उप्रेति किरण भन्नुहुन्छ ‘६८ वटा टोलमा दामासाही बजेट त कनिका छरेजस्तो हुन्छ, प्राथमिकता निर्धारण गरेर दीर्घकालिन बजेट तय गरौं ।’

 

नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष गजेन्द्र लिम्बूले भौतिक पूर्वाधार विकासलाई मात्र जोड नदिएर चेतनाको विकासले पनि अब बजेटमा प्राथमिकता पाउनुपर्ने धारणा राख्नु भयो ।

 

५ नम्बर वडामा मुख्य रुपमा दीपिनी खोला अतिक्रमण भएकाले त्यसको संरक्षणमा वडाले ध्यान दिनुपर्ने महत्वपूर्ण विषय उठान भएको छ । नेपाली कांग्रेसका ५ नम्बर सभापति धनबहादुर भट्टराईले दीपिनी खोला अतिक्रमण भएको विषयमा चिन्ता जाहेर गर्दै खोलाको क्षेत्र खाली गर्नुपर्नेमा जोड दिनुभयो । ‘यसअघि वडाका ७८ जनाले दीपिनीको अतिक्रमण रोक्न नगरपालिका कार्यालयमा निवेदन दिएको र हालसम्म त्यसको सुनुवाई हुन सकेको छैन । वडाले समेत अतिक्रमण रोक्न पहल गर्नु आवश्यक छ ।’ उहाँले भन्नु भयो ।

 

वडाको अर्को जटिल समस्याका रुपमा धनेश्वर मन्दिर पूर्वतर्फ जोडिएको होली रहेको छ । जहाँ पानी निकासको बाटो मासिदा वर्षा हुनासाथ होलीको पानीले मन्दिर जाने बाटो डुबान हुने गरेको जनाउँदै सगरमाथा टोल विकास संस्थाका सदस्य विष्णुबहादुर श्रेष्ठले त्यसको व्यवस्थापनको विषय उठान गर्नुभयो ।

 

कार्यक्रममा सो वडाबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्य खेमकुमारी परियारले सीमित स्रोत र साधनकाबीच वडावासीको राय सल्लाह र सुझाव अनुरुप काम गर्दै आइरहेको बताउनु भयो ।

 

नगरपालिकाले दमकका १० वडाका लागि १६ करोड बजेटको सिलिङ तय गरेको छ । जसमध्ये ५ नम्बर वडालाई १ करोड ५५ लाख ६ हजार ७ सय ७९ रुपैयाँ बजेट तोकिएको वडा सचिव निधिनारायण ढुंगेलले कार्यक्रममा जानकारी गराउनु भयो ।

 

टोल विकास संस्थाका सुझावसहितका योजना प्रस्ताव ग्रहण गर्दै ५ नम्बर वडाअध्यक्ष इन्द्रबहादुर गुरुङले बस्तीस्तरबाट प्राममिकताका आधार माग गरिएका योजनाहरुलाई वडाले सोही अनुरुपको प्राथमिकीकरण गरेर नगरमा पेस गर्ने सुनाउनु भयो ।

 

कार्यक्रममा बालबालिकाको क्षमता विकास तथा सांस्कृतिक जानकारी, सृजना प्रवद्र्धन, महिला तथा आर्थिक कठिनाईमा रहेकाहरुलाई सीपसँग जोड्ने कार्यक्रमहरु प्राथमिकतामा राखिनुपर्ने टिपोट टोल विकास संस्थाहरुले पेस गरेका छन् । टोल विकास संस्थाको काम, कर्तव्य र अधिकार स्पष्ट गरिएको विनियम बन्नुपर्ने आवाज समेत उठाइएको छ । ६८ वटा टोल विकास संस्था रहेको ५ नम्बर वडाले ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान र दीपिनी आधारभूत विद्यालयमा टोल विकास संस्थाहरुको सहभागिताको बस्तीस्तरको भेला सम्पन्न गरेको छ भनें बुधबार धनेश्वर सहकारीमा अन्तिम भेला छ ।

 

बजेट बाँडफाँटका आधार :
वडागत बजेट तर्जुमा गर्दा मुख्य ४ वटा आधारमा बजेट घटी बढी हुनसक्ने शुत्र बनाएको छ । जस अन्तर्गत बढी जनसंख्या हुनेले ४५, क्षेत्रफल बढी हुनेले ३५, गरिबीको अवस्थामा १० र वडागत आम्दानी १० प्रतिशत अंकका आधारमा बजेट तर्जुमा भएको छ ।

 

भौतिक पूर्वाधारमा ६० प्रतिशत, सामाजिक विकास स्वास्थ्य तथा शैक्षिक सुधारमा १३ प्रतिशत, आर्थिक विकासमा १० प्रतिशत, नगरस्तरीय योजनाको साझेदारीका लागि ९ प्रतिशत, मर्मत संभार र वातावरण तथा विपद् व्यवस्थापनमा ४/४ प्रतिशत बजेट खर्च गरिने नीति समेत नगरले निर्धारण गरेको दमक नगरका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले उल्लेख गर्नुभएको छ ।

 

बजेट बिनियोजन गर्दा बहुवर्षीय नगर गौरवका आयोजना, गौरवका आयोजना, अपुरा आयोजना, रोजगारमूलक, मूलप्रवाहीकरण लाने योजनाहरुलाई प्राथमिकीकरण गरिने प्रावधान छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

ताल फुट्ने जोखिम बढेपछि तिब्बतमा उद्धार अभियान स्थगित

काठमाडौं, १२ भदौ । पहिरोका कारण बनेको तालको जलस्तर बढ्दै गएपछि चीनले तिब्बतमा जारी उद्धार अभियान स्थगित गरेको छ। चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार ताल

चीनतर्फ ताल फुटेको सूचना, सुरक्षित रहन रसुवाका सीडीओको आग्रह

१२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी

झापामा बढ्दै जापानी इन्सेफलाइटिस, मेचीनगर बन्यो संक्रमणको ‘हटस्पट’

झापा, भदौ १२ । ६ जनाको मृत्यु भइसकेको झापामा जापानिज इन्सेफ्लाइटिस९जेई० को थप एकजना संक्रमित देखिएका छन् ।मेचीनगर ६ प्रगति टोलकी ६६ वर्षीया महिलामा बुधवार

बाढीपीडितको पीडामा झापा एकजुट, राहतका लागि धमाधम सहयोग जुट्दै

झापा , भदौ १२ । झापाबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई सहयोग पठाउने कार्य सुरु भएको छ । स्थानीय तह, सामाजिक संघ संस्था,

सरकारको निर्देशन : १३ भदौदेखि विश्वविद्यालयका सबै परीक्षा स्थगित

१२ भदौ, काठमाडौं । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा

पोखरामा बाढीका १०२ शव : शवगृह भरिएपछि व्यवस्थापनमा समस्या

पोखरा,१२ भदौ। रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका मध्ये १०२ वटा शव कास्की ल्याइएको छ।तनहुँ, नवलपुर, धादिङ र गोरखा लगायत विभिन्न जिल्लामा फेला परेका ती शवहरूलाई