पोखरा, १३, बैशाख । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएको छ । मंगलबार भएको निर्वाचनमा थेबे दाेस्राेपटक अध्यक्ष निर्वाचित बन्नु भएको हो ।
पोखरा सभागृहमा मंगलबार भएको मतदानबाट सुमन पुरीलाई हराउँदै थेबेले दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभयो ।
थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत प्राप्त गर्न भयो । थेबे १८८ मतले विजयी बन्नुभएको हो ।
यस्तै युवासंघको महासचिवमा ७५५ मत ल्याउँदै महेश चौलागाईं विजयी हुनुभएको छ । उहाका प्रतिस्पर्धीले ६४९ मत ल्याउनु भयो ।
१ हजार ७६४ मतदाता प्रतिनिधि रहेकोमा १ हजार ४०४ मत खसेको थियो ।









