किशोरीको आवाज

‘सानै छु, बढ्न देऊ-विवाह होइन, पढ्न देऊ’

नेपालमा १५ प्रतिशतभन्दा कम उमेरमा विवाह हुनेको संख्या आठ प्रतिशत र १५ देखि १८ वर्षमा विवाह हुनेको संख्या ३३ प्रतिशत रहेको वताइएको छ ।

विर्तामोड, १६ जेठ । शुक्रवार विर्तामोडमा आयोजित एक कार्यक्रममा कचनकवलकी किशोरी मासिया बेगमले सुनाएको कविताले धेरैलाई भावुक बनायो ।

बालविवाह तथा कम उमेरमा हुने विवाह न्युनीकरणका लागि महिला जनचेतना केन्द्रले आयोजना गरेको कार्यक्रममा बेगम आफ्नो कवितामा यसरी प्रस्तुत हुनुभयो —

आमा, बुवा सुन्नुहोस् मेरो विचार
नगर्नोस् ममाथि अत्याचार
उमेर हो मेरो पढ्ने लेख्ने
नगर्नोस् मेरो विवाह ।

कविताको अर्को हरफ त झनै चोटिलो थियो । बेगमको यो प्रस्तुतीले छलफलमा सहभागी प्रहरी, प्रशासनका प्रमुखका साथै जनप्रतिनिधि र अधिकारवादीहरुलाई सोचमग्न बनायो ।

सानै छु, बढ्न देऊ
विवाह होइन, पढ्न देऊ ।

बेगम मुस्लिम समुदायकी प्रतिनिधि किशोरी हुन् । यो समुदायमा अहिले पनि बालविवाह व्याप्त छ । जसका कारण धेरै छोरीहरु कलिलै उमेरमा बिहे गर्न बाध्य छन् । सानैमा बिहे गर्नुपर्दा छोरीहरु शिक्षाबाट वञ्चित हुने गरेका छन् ।

छोरी हुर्केपछि दुलाहा पाइँदैन भन्ने मानसिकताका कारण मुस्लिम बाहुल्य कचनकवल, बाह्रदशी, झापा लगायतका स्थानीय तहहरुमा अझै बालविवाह रोक्न कठिन भइरहेको त्यहाँका जनप्रतिनिधि बताउँछन् ।

समुदायमा विद्यमान यो अवस्था देखेरै महिला जनचेतना केन्द्रले शुक्रवार जिल्लाभरका स्थानीय तहबाट किशोरकिशोरी सहभागी गराएर बालविवाह तथा कम उमेरमा हुने विवाह रोक्नेबारे छलफल चलाएको हो ।

 

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले बाल विवाह न्यूनीकरणका लागि अभिभावक समेत सचेत हुनुपर्ने बताउनुभयो । उहाँले बालविवाह अन्त्यका लागि कोशी प्रदेशसभाले दुई वर्षअघि रणनीति बनाइसकेको चर्चा गर्दै बालविवाह अन्त्यका लागि सबै पक्षलाई जिम्मेवार हुन आव्हान गर्नुभयो ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले बाल विवाह न्यूनीकरणका लागि जनचेतना केन्द्रले जिल्लामा महत्वपूर्ण काम गरिरहेको बताउनुभयो ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बूलगायतले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । संस्थाकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जनचेतना केन्द्रले बाल विवाह न्यूनीकरणका क्षेत्रमा गरिरहेका कामहरुबारे तयार पारिएको वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो ।

बालविवाहसम्बन्धी नीति तथा कानुनका बारे अधिवक्ता कविता बास्तोला, कोशी प्रदेश तथा जिल्लामा बालविवाहको अवस्था, प्रदेश सरकारले बनाएका नीति तथा कानुनहरुको अवस्था र सरोकारवालाहरुको भूमिका विषयमा राष्ट्रिय बालअधिकार परिषद, प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

संस्थापक अध्यक्ष राधा प्रधानले बालविवाह न्यूनीकरणका लागि महिलाहरुलाई दक्ष बनाएर आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम तथा सचेतना जगाउने उद्देश्यले मिलेर स्थानीय समुदायसँग मिलेर विविध कार्यक्रम गर्दै आएको बताउनुभयो ।

नेपालमा १५ प्रतिशतभन्दा कम उमेरमा विवाह हुनेको संख्या आठ प्रतिशत र १५ देखि १८ वर्षमा विवाह हुनेको संख्या ३३ प्रतिशत रहेको वताइएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच