काठमाडौं उपत्यकाका सर्वसाधारणको लागि प्रशासनको नयाँ आदेश

sf7df8f}+sf] xnrf]sjf6 b]lvPsf] sf7df8f}+ pkTosfsf] b[Zo . t:jL/ M k|bLk/fh jGt,/f;;

 

काठमाडौं :
काठमाडौं : संक्रमणलाई मध्यनजरमा राख्दै केही पूराना आदेशहरूलाई परिमार्जन गरेको छ। तर सबै प्रकारका आमसभा, जुलुस, भला, सम्मेलन, जात्रा लगायत ‘ भिडभाड’ हुने कार्यहरू नगर्न आदेश दिएको छ।
फागुन १ गतेदेखि काठमाडौं उपत्यकामा शैक्षिक संस्था सञ्चालन गर्न पाउने भएको छ। बैठकले विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर लगायत शैक्षिक संस्था फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने निणर्य गरेको हो।
तर विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीको हकमा नियमित र नभएका विद्यार्थीको हकमा संख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न भनेको छ।
विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालन गर्न आदेश दिएको हो। साथै सबै परीक्षाहरू पनि सञ्चालन गर्न अनुमति दिएको छ। तर स्वास्थ्यका मापदण्डको पालना गर्न आदेश दिएको छ।
यस्तै प्रशासन कार्यालयले उपत्यकामा जोरबिजोर प्रणाली पनि हटाएको छ। योसँगै प्रशासनले फागुन १ गतेदेखि लागुहुनेगरी नाइट क्लबहरू पनि सञ्चालन गर्न अनुमति दिएको छ।
संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आधा महिनापछि हटेको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निणर्य गरेसँगै मध्यरातिबाट निणर्य लागू भएको हो ।
७ माघ मध्यरातिदेखि जोरबिजोर लागू भएको थियो । त्यसपछि १४ माघमा संशोधन गर्दै सार्वजनिक सवारीसाधनमा जोरबिजोर हटाइएको थियो । तर, निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कोरोना महामारीमा जारी स्वास्थ्य मापदण्डको पालना गर्नेगरी जोरबिजोर हटाइएको बताए । उनका अनुसार गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्क अनिवार्य गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो

दमकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त–नियम कार्यान्वयन गर्नै सकेन नगरले

दमक, २७ कार्तिक । दमक नगरपालिकामा रहेका मुख्य बजार क्षेत्रहरुको सडकहरुमा ट्राफिक व्यवस्थापन गर्न र दुर्घटना न्युनीकरण गर्नका लागी भनेर एकतर्फी पार्किङको नियम बनाईएको थियो