५५ जना कैदी लाभान्वित

हिरासत कक्षमा रहेका थुनुवाहरूको स्वास्थ्य परीक्षण

झापा, जेष्ठ २१ –  जिल्ला प्रहरी कार्यालय झापाको हिरासत कक्षमा रहेका थुनुवाहरूका लागि आज एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

 

प्रहरी र स्वास्थ्य सेवाबीचको समन्वयले मानवीय संवेदनशीलता झल्काउने कार्यक्रमले ५५ जना थुनुवालाई लाभान्वित गराएको छ। शिविरमा ४८ जना पुरुष र ७ जना महिला थुनुवाहरूको स्वास्थ्य परीक्षण गरिएको हो। कार्यक्रम बी एण्ड सी अस्पताल बिर्तामोडको सहकार्यमा सम्पन्न भएको हो।

स्वास्थ्य परीक्षणको नेतृत्व इन्भर्टनल मेडिसिन विभाग प्रमुख डा. गोपाल मिश्र, बीडीई डा. संजय थापा र सर्जन डा. गोविन्द खनालले गर्नुभएको थियो। चिकित्सा टोलीले थुनुवाहरूको समग्र स्वास्थ्य अवस्था मूल्यांकन गरी आवश्यक परामर्श समेत दिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी प्रशासनका अनुसार, हिरासतमा रहेका व्यक्तिहरूको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिइँदै आएको छ, र यस किसिमका कार्यक्रमहरूले थुनुवाको मानवअधिकार सुनिश्चित गर्न मद्दत गर्छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।