दमकका चिरञ्जीवी घिमिरेको कुरिलो क्रान्ति

विदेशमा देखेको हरियो टुक्राको सलाद आईटमले स्वदेश फर्काएपछि … (भिडियोमा हेरौ)

कुरिलो अब केवल जङ्गलको झार होइन—शहरका होटलहरूको स्वाद बनेको छ । काठमाडौं, हेटौंडा, विराटनगरका होटेल र बजारमा चिरञ्जीवी घिमिरेको कुरिलो दिनहुँ पाक्छ ।

 

दमक, २४ जेठ । झापाको फाटमा बिहानको घामसँगै एकजना युवा बारीतिर अघि बढ्छन्। सानो जीउडालको , गालामा चुस्स दारी । ।हेर्दा कलकलाउँदो उमेर । , अनुहारमा आत्मविश्वासको चमक । उहाँको नाम हो चिरञ्जीवी घिमिरे । तीन बिगाहा जमिनमा कुरिलो खेती गर्दै, उहाँ कृषिमा एक प्रेरणादायी क्रान्ति बोकेर हिँडिरहनु भएको छ । जहाँ अरू युवा खाडीको बालुवामा जीवन गढिरहेका छन्, उहाँ आफ्नै माटोमा भविष्य रोपिरहनु भएको छ ।

 

दशगजा पार गरेर उहाँले सात समुन्द्र पारीको देशमा पनि कुनैबेला सपनाको खोजी गर्न जानु भएको थियो । ७ वर्ष वैदेशिक रोजगारीमा जानु भयो । खाडीको देशमा काम गर्ने शिलिशिलमा , खाना दिदै गर्दा मेन्यूमा देख्नु भएको थियो एउटा हरियो बस्तु । त्यसबारेमा उहाँले सोधीखोजी गर्दा त्यो चीज कुरीलो रहेको पत्ता लाउनु भयो । र यो त हाम्रै बारीमा मज्जाले फल्ने चीज हो । यहाँ यत्ती महत्वका साथ प्रयोग हुदो रहेछ । म नेपाल नै गएर यही उत्पादन किन नगर्ने ? उहाँले त्यहिबाट संक्लप गर्नुभयो । अव म स्वदेश फर्कन्छु र घरको बाँझोबारीमा कुरीलो खेती गर्छु ।

 

विदेशबाट फर्केपछि सुरुमा घरमा खानकालागी भनेर केहि बोट कुरीलो घरको करेसा बारीमा रोप्नु भयो । त्यसले घरको छाक टार्न थाल्यो । त्यसपछि घर अगाडीको सानो कोठेबारेमा पनि लगाउनु भयो । त्यसको बिक्रिबाट उहाँको दैनीकी धान्न थाल्यो । घर छेउकै बाँकी बारीमा फेरी फैलाउनु भयो त्यसले घरका अन्य आवश्यकता पुर्ती गर्न सक्यो । अनी उहाँलाई लाग्न थाल्यो यो त जति गर्यो उती राम्रो हुने रहेछ । र उहाँले आफ्‌नो एक बिगाह क्षेत्रफलको जमिनमा मात्रै लगाउनु भएन दमक ८ बालुवाटारमा थप ३ बिगाह जमिन भाडामा लिएर अहिले घरको र भाडाको जमिन गरि चार बिगाह क्षेत्रफलमा व्यवसायीक कुरीलो खेती गरिरहनु भएको छ ।

 

 

न नियमित मल, न विषादी। प्रकृतिसँग मेल खाएको मेहनतले नतिजा दिन थाल्यो। अहिले प्रदेशकै सबैभन्दा ठूलो कुरिलो खेत बनिसकेको छ। सुरुमा आफु एक्लै अनी पछि पारिवारीक साथ र अहिले केहि कर्मचारी समेत राखेर उहाँले हरेक दिन न्यूनतम एक सय केजी कुरीलो उत्पादन गर्नु हुन्छ । जुन खेतमा पहिले गाह्रो मानिन्थ्यो, आज त्यहाँबाट आय, आत्मगौरव र सम्भावना फक्रिएका छन्।
कुरिलो अब केवल जङ्गलको झार होइन—शहरका होटलहरूको स्वाद बनेको छ । काठमाडौं, हेटौंडा, विराटनगरका होटेल र बजारमा चिरञ्जीवी घिमिरेको कुरिलो दिनहुँ पाक्छ । सलादको डिसमा यी कुरीलो बस्ने गरेको छ । बिषादीरहित उत्पादन भएकाले यसको माग उच्च छ। र, त्यही मागले उहाँको आत्मबल पनि चुलिएको छ। स्वदेशमै बसी व्यवसाय गरेर सम्मान कमाउन सकिन्छ भन्ने यो कुरिलो खेतीले उहाँकालागी प्रमाणित गरिदिएको छ।

 

तर घिमिरेको संघर्ष र सफलता मात्रै होईन । उहाँले बिभिन्न चुनौतीको सामना पहिला गर्नु भयो । अहिलेपनि गरिरहनु भएको छ । पहिलाको चुनौती बेग्लै थियो ।अहिलेका चुनौती उत्पादन पछिको भण्डारण र सहज ढुवानीको छ । माग उच्च छ । उत्पादन गरिएको कुरीलो नबिक्ने कुनै समस्या छैन । तर सिजनमा धेरै उत्पादन भएको कुरीलो राख्न दमकमा भरपर्दो कोल्ड स्टोर छैन । बजार सम्म पुर्याउन फ्रिजिङ सहितको ढुवानी छैन । त्यसैले उहाँलाई राज्यले कम्तिमा यी काममा सहजीकरण गरिदिने हो भने कुरीलो कारण आफ्‌नो मात्रै हैन धेरैको रोजगार र स्वरोजगारको आधार बनाउन सक्ने सपना उहाँले देख्नु भएको छ ।

आज धेरै युवा विदेश जाने तयारीमा छन्। तर, घिमिरे भन्नु हुन्छ ‘त्यहाँ पैसाले सास फेर्न पाइन्छ, तर जीवनको साँचो अर्थ गुम्छ।’ यहाँ जमिन छ, पानी छ, पसिना पनि छ—त्यसैले देशमै केही गरौँ भन्ने आँट मात्र चाहिन्छ । जसले भविष्य बनाउन सक्छ । उहाँ अब १० बिगाहासम्म कुरिलो खेती विस्तार गर्न चाहानु हुन्छ । यसमा आफु एक्लै मात्र नभएर यो अभियानमा कृषिमा उद्यम गर्ने चाहना भएकाहरुलाई समेत समेट्न चाहनु हुन्छ ।

 

कृषि अब परम्परा होइन—व्यवसाय हो। र, चिरञ्जीवी घिमिरे यसको जीबन्त प्रमाण बन्नु भएको छ । माटो छुँदै, सपना देख्न सकिने रहेछ— त्यही सपना उहाँले रोप्नु भएको छ । कुरिलोको हरियाली बारीमा । उहाँको कथा हजारौँ युवाको प्रेरणा हो र हामी भन्न सक्छौं— बारीमा फक्रिएको यो भविष्य साँच्चै गज्जबको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि