सडक बस्तीमा, बस्ती सडकमा

जिरिखिम्तीको समस्या समाधानका लागि मन्त्रालयमा छलफल

हालसाबिक गर्न आवश्यक सहजीकरण गर्ने मन्त्री दाहालको प्रतिवद्धता

दमक, २६ जेठ / मोरङको पथरी शनिश्चरे १० स्थित जिरिखिम्ती खण्डमा व्यक्तिको जग्गामा सडक रहेको र सडकको नक्सामा व्यक्तिको घरजग्गा भएको वर्षौंदेखिको समस्या समाधानका लागि संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल अघि बढाइएको छ ।

 

फराकिलो गरी एसियन हाइवे निर्माणका क्रममा जिरिखिम्तीको सो समस्या समाधानमा मुआब्जाको माग गर्दै आएका त्यहाँका स्थानीयवासीसहितको संघर्ष समितिको टोलीले जनप्रतिनिधिहरुलाई सामेल गराइ मन्त्रालयमा फाइल पेस गरेको छ ।

 

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने सो समस्याको समाधानका लागि सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य डा. सुनीलकुमार शर्माको नेतृत्वमा पथरी शनिश्चरे वडा नम्बर १० का अध्यक्ष जीवन खतिवडा तथा संघर्ष समितिका संयोजक मदन पोखरेलसहित पीडित जग्गाधनीका प्रतिनिधिहरु छलफलमा सहभागी भएका थिए ।

 

भौतिक योजना तथा यातायात मन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव, आयोजना प्रमुखसँग टोलीले छलफल गरेको हो । सो छलफलमा मन्त्री दाहालले जग्गाको समस्या समाधान गर्न जग्गा हालसाबिक गर्न आवश्यक सहजीकरण र निर्णय गर्ने प्रतिबद्धता समेत गर्नु भएको छलफलमा सहभागि सो वडाका पूर्व वडा सदस्य अनोज घिमिरेले जनाउनु भयो । उहाँले भन्नु भयो, ‘पहिले पूर्वपश्चिम सडक बन्दादेखिकै पुरानो समस्या अव समाधान होला भन्ने आशा लागेको छ ।’

 

टोलीले हालसाबिक गरिदिनु पर्ने वा मुआब्जा दिनु पर्ने वा नक्सामै सडक बन्नु पर्ने ३ वटा विकल्प सहित माग राखेका थियो । मन्त्रालय र आयोजनाले हालसाबिक गर्न सहज रहेको हुँदा सोही गर्न आवश्यक सहजीकरण र आवश्यक परे क्याबिनेट निर्णय गरिदिने प्रतिबद्धता मन्त्री दाहालबाट भएको घिमिरेले उल्लेख गर्नुभयो ।

पहिले पूर्वपश्चि महेन्द्र राजमार्ग निर्माणका क्रममा टोलको पश्चिमतर्फ रहेको मोरङ्गी खोलाको पुल निर्माण गर्दै जाँदा नक्सा भएको स्थानमा भासिएकाले त्यसभन्दा केही उत्तर सारेर पुल निर्माण गर्दै सडकपनि केही उत्तरमा निर्माण भयो । तर नक्सा भनें फेरवदल नहुँदा व्यक्तिको जग्गामा सडक बनेको र सडकको जग्गामा व्यक्तिको घर जग्गा हुन पुग्दा जग्गा पास नहुने समस्या रहिआएको छ । यस क्रममा १८ घरसहित ४१ कित्ता जग्गामा समस्या देखिदै आएको थियो । हाल आएर सडकले नक्सा अनुसार सडक निर्माण गर्ने तयारी गरेपछि स्थानीयले ३ वटा विकल्पमाथि छलफल गरेर समस्या समाधान गर्नुपर्ने अड्डी कसेपछि त्यहाँको सडक निर्माणको काम नै रोकिन पुगेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

ताल फुट्ने जोखिम बढेपछि तिब्बतमा उद्धार अभियान स्थगित

काठमाडौं, १२ भदौ । पहिरोका कारण बनेको तालको जलस्तर बढ्दै गएपछि चीनले तिब्बतमा जारी उद्धार अभियान स्थगित गरेको छ। चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार ताल

चीनतर्फ ताल फुटेको सूचना, सुरक्षित रहन रसुवाका सीडीओको आग्रह

१२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी

झापामा बढ्दै जापानी इन्सेफलाइटिस, मेचीनगर बन्यो संक्रमणको ‘हटस्पट’

झापा, भदौ १२ । ६ जनाको मृत्यु भइसकेको झापामा जापानिज इन्सेफ्लाइटिस९जेई० को थप एकजना संक्रमित देखिएका छन् ।मेचीनगर ६ प्रगति टोलकी ६६ वर्षीया महिलामा बुधवार

बाढीपीडितको पीडामा झापा एकजुट, राहतका लागि धमाधम सहयोग जुट्दै

झापा , भदौ १२ । झापाबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई सहयोग पठाउने कार्य सुरु भएको छ । स्थानीय तह, सामाजिक संघ संस्था,

सरकारको निर्देशन : १३ भदौदेखि विश्वविद्यालयका सबै परीक्षा स्थगित

१२ भदौ, काठमाडौं । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा

पोखरामा बाढीका १०२ शव : शवगृह भरिएपछि व्यवस्थापनमा समस्या

पोखरा,१२ भदौ। रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका मध्ये १०२ वटा शव कास्की ल्याइएको छ।तनहुँ, नवलपुर, धादिङ र गोरखा लगायत विभिन्न जिल्लामा फेला परेका ती शवहरूलाई