दमक, २८ जेठ । झापाको दमकमा सम्पन्न इन्टरस्कूल प्रिन्स एण्ड प्रिन्सेस मोडल आइकन सिजन ३ मा हिमालय माद्यामिक विद्यालय दमकका निर्मित प्याकुरेलले ‘इन्टरस्कूल प्रिन्स २०२५’ र सोही विद्यालयकी अप्सना बस्नेतले ‘इन्टरस्कूल प्रिन्सेस २०२५’ को उपाधि जित्नु भएको छ ।
दमक ९ मा सम्पन्न यस वर्षको प्रतियोगितामा झापा र इलामका प्रतिष्ठित विद्यालयका ६५ प्रतियोगीले भाग लिएर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । जसमध्ये २१ जना फाइनल राउन्डमा पुगेका थिए ।
इन्टरस्कूल प्रिन्सेस २०२५ को प्रथम उपविजेता बन्नु भएको छ कुसुम खनाल –ध्रुवतारा रेसिडेन्सियल सेकन्डरी स्कुल, दुधे झापा) भने दोस्रो उपविजेता निरजला सुवेदी (निहारिका इङ्लिश बोर्डिङ स्कुल, केरखा झापा) बन्नु भएको छ ।
मोडलिङ क्षेत्रमा विशेष पहिचान बनाएकी सिखा भट्टराई (ध्रुवतारा रेसिडेन्सियल सेकन्डरी स्कुल, दुधे झापा) लाई ‘मिस टप सुपर मोडल २०२५’ को अवार्ड प्रदान गरियो ।
यसैगरी, टीन स्टारको उपाधि बेगिना सेडाई (मदर एजुकेशन फाउण्डेशन) ले हात पार्नुभएको छ भने लिटल स्टारको उपाधि लुङ्मा देवान (सूर्योदय इङ्लिश सेकन्डरी स्कुल, दमक झापा) लाई प्रदान गरिएको छ ।
प्रतिभा पुरस्कार विजेता बन्नु भएको छ भने लिजा लिम्बु (निहारिका इङ्लिश बोर्डिङ स्कुल, केरखा झापा), जसमा पहिलो उपविजेता कुसुम खनाल र दोस्रो उपविजेता प्रदेशिका राई रहनु भएको छ ।
कार्यक्रमका आयोजकहरूले विशेष रोजाइमा राखेका दुई सहभागीहरू मुनाकुमारी घिमिरे (पशुपति एकेडेमी इङ्लिश स्कूल, झिलझिले झापा) र स्मारिका लावती लिम्बु (श्री जनता माद्यामिक बिद्यालय चुलाचुली इलाम) लाई सम्मानित गरिएको छ ।
फोटोजेनिक अवार्ड निरजला सुवेदीले प्राप्त गर्नुभयो भने मल्टिमिडिया अवार्ड विजेता बन्नु भएको छ तुमिना मगर (निहारिका इङ्लिश बोर्डिङ स्कुल, केरखा झापा), मल्टिमिडिया पुरस्कार (पुरुष) मा विजेता बन्नु भएको छ विक्टरजंग कार्की भने सामाजिक मल्टिमिडिया पुरस्कार आकृति बिष्टलाई प्रदान गरिएको छ ।
निर्णायक मण्डलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेजेन्ट निर्देशक राम केसी, फेसन डिजाइनरहरू नविन लुइटेल र विवश राई, साथै मिस स्टेट १ विजेता स्वेता भुजेल रहनु भएको थियो ।
प्रिन्सेस बिजेताले नगद ५० हजार, उप बिजेताले २० हजार र सेकेन्ड रनरपले नगद १५ हजार सहित मेडल, ट्रफी र अन्य विभिन्न पुरस्कार समेत प्राप्त गरेका छन भने प्रिन्स बिजेताले नगद २५ हजार, मेडल, प्रमाणपत्र र अन्य पुरस्कार प्राप्त गरे । अन्य विषयगत बिजेताहरुले विभिन्न आकर्षक पुरस्कार प्राप्त गरेका छन् ।
किंग्स नेपाल क्रियसनले भविष्यमा पनि यस्ता सांस्कृतिक, प्रतिभा अभिवृद्धि कार्यक्रम गर्दै जाने सञ्चालक कृष्ण साहको प्रतिवद्धता रहेको छ ।









