संघर्षले दिएको सफलता

डेढ करोडको तरकारी बेच्दा ५० लाख फाइदा

वर्षौँ विदेशमा श्रम गरेर फर्किएका खनालले त्यसपछि ट्याक्टर किनेर चलाए। निर्माणका स–साना ठेक्का लिए। हरेक काममा पसिना बगाए। तर हरेक दिन बिहान उठ्दा एउटै प्रश्नले पछ्याउँथ्यो — ‘के म यो नै गर्न जन्मिएको हुँ?

 

बिर्तामोड, २८ जेठ |  झापाको विर्तामोड स्थित वडा नं ७ को फाटमा एउटा लोभलाग्दो खेती लह लह फैलिएको छ । एकै व्यक्तिले ४१ बिगाह क्षेत्रफलमा गरेको यो कृषि कर्म नगर र जिल्ला मात्रै नभएर प्रदेश र देशभरीनै चर्चाको विषय बनेको छ ।

 

 

केही मानिसहरू हुन्छन्, जसले बाधालाई अवसर बनाउँछन्। संघर्षलाई शक्ति बनाउँछन्। बिर्तामोडका ४० वर्षीय प्रदीप खनाल — एउटा नाम हो, जसले माटोसँगको सम्बन्धलाई मात्र होइन, आत्मनिर्भरताको अभियानलाई पनि पुनः परिभाषित गर्नुभएको छ । उहाँको जीवन सुरु भयो पूर्वी नेपालको एक सामान्य गाउँमा ।

 

१९ वर्षे उमेरमै कामको खोजीमा परदेशिनु भयो। सपना थियो — केही गर्ने, परिवार सम्हाल्ने, जीवन परिवर्तन गर्ने।

 

तर परदेशको बालुवा जति तातो थियो, त्यति नै कठोर थियो जीवन। मेहनत त थियो, तर आफ्नो माटोको गन्ध थिएन। वर्षौँ विदेशमा श्रम गरेर फर्किएका खनालले त्यसपछि ट्याक्टर किनेर चलाए। निर्माणका स–साना ठेक्का लिए। हरेक काममा पसिना बगाए। तर हरेक दिन बिहान उठ्दा एउटै प्रश्नले पछ्याउँथ्यो — ‘के म यो नै गर्न जन्मिएको हुँ ? उत्तर उहाँले पाउनु भयो आफ्नै माटोमा — जहाँ उब्जन्छ सम्भावना, बाँच्दछ आत्मसम्मान।

 

एक कठ्ठा जमिनमा सुरु भएको उहाँको कृषियात्रा — आज ४१ बिगाहामा विस्तार भएको छ। यो केवल बाली रोप्ने कथा होइन — यो हो आत्मनिर्भरताको बीज रोप्ने कथा । सानो क्षेत्रमा मात्रै कृषि उत्पादन गरेर त्यसबाट आम्दानी हुन नसक्ने र आम्दानी गर्न तथा कृषिमा उद्यम गर्न चाहने हो भने अधिकतम क्षेत्रमा फैलाउनुपर्छ भन्ने उहाँको विश्वास छ । जसले गर्दापनि उहाँ हरेक वर्ष आफ्नो खेती गर्ने क्षेत्र बढाइरहनु हुन्छ ।

 

आज उहाँका बगैंचामा बार्है महिना फल्ने अम्बा लटरम्मै झुण्डिन्छन्। ठूलो दानाको बयर टिपिन्छन्। तरकारी खेतमा हरियालीले ढाकेको छ। धानका बाला लहराउँछन । बाख्राका खोरहरुमा बाख्रा हुर्कीरहेका छन् । गाईका गोठहरुमा गाईहरु उग्राईरहेका छन् । यी सबै एक अर्कामा परिपुरक छन् । फलफूलको सिजनमा फलफूल, तरकारीको सिजनमा तरकारी । पशुपालनबाट नियमीत आम्दानी । त्यसबाट उत्पादन हुने मल कृषि उत्पादानमा प्रयोग । तरकारी तथा फलफूलका हाँगा तथा केहि विरुवाको कटान तथा छाटीदा त्यहि कुरा गाई तथा बाख्रालाई घाँस । यसरी चक्रिय रुपम कृषिको प्रयोग र उत्पादनमा उहाँ लाग्नु भएको छ ।

 

“‘हाम्रो कृषी फर्म’ — केवल उत्पादनको केन्द्र होइन, यो आशाको नाम हो। यहाँ ३५ जना स्थायी कर्मचारी रोजगारीमा छन्। कसैले बाख्राको स्याहार गर्छ, कसैले खेत जोत्छन, कसैले फल टिप्छन। हरेक हात कृषि क्रान्तिमा योगदान दिइरहेका छन् । खनाल जैविक उत्पादनमा विश्वास राख्नुहुन्छ । खेतमा प्राङ्गारिक मल मात्रै प्रयोग हुन्छ । सके सम्म आफुलाई चाहिने प्राङ्गारिक मल उहाँ आफै उत्पादन गर्नुहुन्छ । तर अहिले खेती अली ठुलो क्षेत्रमा रहेको र पशु पालन त्यस अनुसार गर्न नसकिएकोले विराटनगरबाट प्राङ्गारीक मल खरिद गरेर ल्याउनु हुन्छ । तर अब त मल पनि आफैं बनाउने योजना बनाएर त्यो कामामा पनि लाग्नु भएको छ । यद्यपी उहाँको अनुभव छ माटोले मल माग्दैन, इमान्दार किसान माग्छ — उहाँले यही कुराको प्रमाणित गरिरहनु भएको छ ।

 

 

७ वर्षअघि बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको कृषि तालिमले उहाँको जीवनको दिशा नै मोडिदियो।तालिमले देखायो — व्यावसायिक कृषि भनेको केवल जोत्न मात्रै होइन, सोच र प्रविधिको समायोजन हो। उहाँले खुल्ला रुपमा तरकारी उत्पादन गर्नुहुन्छ । ड्रिप बोरीङको सिँचाइ प्रविधिबाट पानीको व्यवस्थापन गर्न हुन्छ । आधुनिक सोच र स्थानीय ज्ञानको संयोजनले खनालको फार्मलाई सफलताको नमुना बनाएको छ।

 

प्रदीप खनालजस्ता किसान हामी सबैका लागि प्रेरणा हुन्। उनीहरूले देखाएका छन् — युवाले पनि कृषिमा आज खनालको ‘हाम्रो कृषी फर्म’ सिक्ने केन्द्र बनेको छ। विद्यालयका विद्यार्थीहरू यहाँ आउँछन्, नयाँ किसानहरू प्रशिक्षण लिन आउँछन्। खनाल अब किसान मात्र होइन— कृषि क्षेत्रमा केहि गर्छु भन्नेहरुकालागी मार्गदर्शक पनि बन्नु भएको छ ।

 

 

उहाँको कुरा स्पष्ट छ — आत्मनिर्भरता परदेशको रोजगारीबाट होइन, आफ्नै माटोको माया र परिश्रमबाट आउँछ। उहाँले माटोमा सपना रोप्नु भएको छ । पसिना सिंचाइ गरिरहनु भएको छ र सफलताले उहाँलाई पछ्याइरहेको छ । राज्य स्तरबाटै किसानको परिभाषा र दृश्य तथा तस्बिर परिवर्तन गर्नु पर्छ भन्ने सोच र अभियान पनि उहाँले सुरु गर्नु भएको छ ।

 

खनालले कृषिलाई समय बिताउने माद्यम मात्रै ठान्नु भएको छैन । अहिले ४१ बिगाहमा फैलीएको यो खेती बिस्तार गरि सयौ बिगाहमा लगाउने योजना छ । र उहाँलाई बन्न मन छ झापामा कृषि भनेकै प्रदिप खनाल हो ।  प्रदिप र झापाको कृषि पर्यायवाची शब्द बनाउने गरी काम गर्ने संक्लप गर्नु भएको छ । र यसलाई पुरा गरेरै छाड्ने उहाँको अठोट पनि छ ।

 

देशलाई चाहिएको छ यस्तै हात — जो माटोलाई बन्धन होइन, सम्भावना ठान्छन्। यस्तै सोच — जसले ‘कृषि’लाई पेशा होइन, मिशन बनाउँछ। र यस्तै मन — जसले ‘फरक गर्न’ डराउँदैन। “केही नायकहरू स्क्रिनमा देखिँदैनन्, उनीहरू खेतमा देखिन्छन्, मलको मैलो हातमा देखिन्छन्, र मुटुमा आशाको बीउ बोकेर हिँड्छन् । र यस्तै पात्र हुनुहुन्छ प्रदिप खनाल । र खनालको सन्देश छ । पैसाको लागि देश छोड्नुपर्दैन, केवल माटो नछोडे पुग्छ । यही माटोमा पसिना बगाउने हो भने , सुन उब्जन्छ। र यही कुरा प्रदिपले गरेरनै देखाइरहनु भएको छ । उहाँलाई वर्षको ५०–६० लाख बचत गर्न कहि जानु परेको छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि