अनुशीलन’ ३५

पूर्वमा लोकदोहोरी गीतका अभियन्ता शिव नेपाल

दमक, २८ जेठ / सानै उमेरबाट पाल्पामै हुँदादेखि गीत संगीतको लत बस्यो । अझ त्यसमा पनि त्यस क्षेत्रको सांस्कृतिक महत्वका रुपमा जोडिने गरेको लोक दोहोरीप्रति मन गढ्यो । फलस्वरुप शिवबहादुर नेपाल अर्थात एसके पाल्पाली पूर्वी नेपालमा आएर लोकदोहोरीलाई प्रवद्र्धन गर्ने एक अभियन्ताका रुपमा स्थापित बन्नु भयो ।

 

पाल्पाको तात्कालिन देउराली गाउँपञ्चायत वडा नम्बर ७ मा मेघराज र माता वसन्तादेवीका  छैटौं सन्तानका रुपमा २०२४ साल जेठ १० गते जन्मिनु भएका उहाँ परिवारसहित २०३७ सालमा झापाको लखनपुर बसाई सरेर आउनु भयो । हाल दमक ८ मा बसोबास गर्दै लोकगीत संगीत र जनवादी गीत संगीतमा लागिरहनु भएका उहाँ विकास निर्माण, सहकारी अभियानका विषयमा पनि गीत गाएर आफ्‌नो छुट्टै पहिचान बनाउनु भएको छ ।

 

राष्ट्रिय जनसांस्कृतिक मञ्चका पूर्व केन्द्रीय सदस्य, पूर्वेली लोकदोहोरी परिवारका संयोजक, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका कोशी प्रदेश सदस्य, नेकपा एमाले कोशी प्रदेशको साहित्य कला विभाग सदस्य रहेर लोकगीत संगीतमा सक्रिय हुनुहुन्छ । उहाँसहितको समूहले सहकारी गीतको एल्बम ‘अनुरोध’ प्रस्तुत गरेर सहकारी प्रवद्र्धनमा सघाउनु भयो । दमक रवि चिसापानी सडक निर्माणको गीतमा पनि उहाँको सक्रियता रह्यो । उहाँ हास्यव्यंग्यका प्रस्तोताका रुपमा पनि चिनिनुहुन्छ ।

 

पूर्वाञ्चल लोकगीत प्रतियोगिता, साहित्यक कला संगम दमक, सहकारी संस्था झापासहितबाट सम्मानित पुरस्कृत बन्दै पूर्वमा पछिल्लो समय लोकगीतको निर्णायकको रुपमा पनि भूमिका निर्वाह गर्दै नवयुवा पुस्तालाई लोकगीत संरक्षणमा उत्प्रेरणा भरिरहनु भएको छ । उज्यालोखबररेडियो किङ्ग एफएम १०४.१ मेगाहर्जमा कार्यक्रम ‘अनुशीलन’ को ३५ औं श्रृंखलामार्फत उहाँसंग गरिएको भलाकुसारीको भिडिओ सामग्री :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका