गर्मीको असर

गर्मीका कारण दुई दिन विद्यालय बन्द गर्ने दमक नगरपालिकाको निर्णय

पछिल्लो केही दिनयता दमकसहित पूर्वी नेपालका विभिन्न स्थानमा अत्यधिक गर्मी महसुस हुन थालेपछि दमक नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

 

दमक, जेठ २८ । पछिल्लो केही दिनयता दमकसहित पूर्वी नेपालका विभिन्न स्थानमा अत्यधिक गर्मी महसुस हुन थालेपछि दमक नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

दमक नगरपालिकाको कार्यालयबाट प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीको हस्ताक्षरमा जारी सूचनामा उल्लेख गरिएअनुसार जेठ २९ गते बिहीबार र ३० गते शुक्रबार विद्यालयहरू बन्द रहनेछन्।

सूचनामा भनिएको छ, “दमक लगायत नेपालको अधिकांश स्थानमा तापक्रममा उल्लेखनीय वृद्धि भई अत्यधिक गर्मी महसुस भएको छ।

 

 

गर्मीको कारण बालबालिकाहरू प्रभावित हुने र सिकाइ प्रक्रियामा समेत असर पर्न सक्ने भएकाले दुई दिन विद्यालय बिदा दिने निर्णय गरिएको छ।”

नगरपालिकाले सबै वडाका कार्यालय, निजी तथा आवासीय विद्यालय अन्र्तनिर्देशन, र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अन्र्तनिर्देशनलाई उक्त निर्णयको जानकारी गराइसकेको छ।

दमक नगरपालिकाले यस्तो अवस्थामा सबै अभिभावकहरूलाई सावधानी अपनाउन पनि आग्रह गरेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।