अनुशीलन : अंक ३६

पथरी शनिश्चरेको गीत संगीतका अभियन्ता अमीर

ग्रामिण विकासमा स्नातकोत्तर उहाँको पहिलो गीती एल्बम ‘सप्रेम’ ०६३ मा र दोस्रो एल्बम ‘सन्दर्भ’ ०७० सालमा बजारमा आए

 

पथरी शनिश्चरे, ३१ जेठ ।  पञ्चायती व्यवस्था फाल्ने गीत संगीतको अभियानमा उत्तरपूर्वी मोरङको पथरी शनिश्चरेको योगदान महत्वपूर्ण छ । ०४६ सालको परिवर्तनपछिको बहुदलीय व्यवस्थालाई व्यवस्थित र प्रभावकारी बनाउने खबरदारीमा पनि त्यहाँको भूमिका कम महत्वपूर्ण रहेन ।

 

 

खबरदारीसहितको जागरण अभियानका अभियन्तामध्येका एक हुनुहुन्छ धनराज राई । डम्बरबहादुर राई र स्वर्गीय धनमाया राईको साहिलो सन्तानका रुपमा वि.सं. २०३३ फागुन ५ गते इलामको तात्कालिन बाँझोस्थित चुलाचुलीमा जन्मिनु भएका उहाँ गीत संगीतमा लागेपछि अमीर राईका नामले परिचित बन्नुभयो ।

 

 

 

वि.स.ं २०३६ सालमा बसाईं सरेर पथरी गाविसमा बसोबास गर्दै आउनु भएका उहाँ ०४७ सालबाट गीत संगीतमा लाग्नुभयो । त्यसबेला साविक पथरी २ मा गठित कोपिला जनसांस्कृतिक मञ्चका सक्रिय सदस्य भएर जनवादी गीत संगीतमा समेत आफ्‌नो सक्रियता बढाउनु भयो । उच्चशिक्षा अध्ययनका क्रममा ०५१ सालबाट काठमाडौंमा रहेर अनेरास्ववियूको उपत्यका सांस्कृतिक कमिटीको सदस्य र आरआर क्याम्पसमार्फत रोदन सांस्कृतिक समूहको अध्यक्ष भएर गीतसंगीतको क्षेत्रमा काम गर्नुभयो ।

 

 

ग्रामिण विकासमा स्नातकोत्तर उहाँको पहिलो गीती एल्बम ‘सप्रेम’ ०६३ मा र दोस्रो एल्बम ‘सन्दर्भ’ ०७० सालमा बजारमा आए । दुई एल्बमा गीतमध्ये ‘सप्रेम’ को ‘जहाँनिर दिल बस्यो त्यही माया राम्रो’बाट उहाँलाई मुख्य रुपमा चिनायो । सहकारी, वन, ज्येष्ठ नागरिक सहितका विषयमा  गीत समेत गाउनु भएका उहाँका हालसम्म ३ दर्जन हाराहारीमा गीत रेकर्ड भएका छन् । उहाँ बुद्धिचालतर्फको जिल्लाको उत्कृष्ठ खेलाडी समेत हुनुहुन्छ ।

 

 

 

पथरी शनिश्चरे नगरले गठन गरेको कला साहित्य प्रवद्र्धन समितिका साथै, लर्ड बुद्ध सहकारी, फ्रेण्डसीप चेक क्लबको अध्यक्ष रहेर सामाजिक अभियानका लागि संस्थागत गतिविधिमा सक्रिय हुनुहुन्छ । कार्यक्रम ‘अनुशीलन’ को ३६ औं श्रृंखलामा उहाँसंग गरिएको भलाकुसारी र सृजना प्रस्तृतिको भिडिओ सामग्री प्रस्तुत छ :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८