पौडीको पीडा

झापाको स्वीमिङ पुलमा डुबेर ४० वर्षे एक पुरुषको मृत्यु

स्वीमिङ पुलको सुरक्षा व्यवस्थाबारे पनि अनुसन्धान हुने

अर्जुनधारा, ३१ जेठ ।  झापाको अर्जुनधारा नगरपालिका–११ स्थित सीएम स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार काठमाडौँ महानगरपालिका–१४ बाफल घर भई हाल झापाको बिर्तामोड नगरपालिका–११ बसपार्कमा बस्दै आएका ४० वर्षीय केशव पाठकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

घटनास्थलमा उपस्थित प्रहरीका अनुसार घटनाका बेला साँझ अन्दाजी शनिबार ८:३० बजे पाठक स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका थिए। तत्कालै उनका साथीसँगै रहेका व्यक्तिहरूले उद्धार गरी बिर्तामोडस्थित बि एण्ड सी अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

उक्त घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतको टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पुलिसले यस घटनासम्बन्धी सबै तथ्य संकलन गर्ने कार्य अगाडि बढाएको छ भने स्वीमिङ पुलको सुरक्षा व्यवस्थाबारे पनि अनुसन्धान हुने जनाइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।