दमकमा क्लोथ एण्ड फूड बैंक

बिपत्तिमा खाना चाहियो कि कपडा ? पाउनु हुने छ निःशुल्क

यो बैंक सञ्चालन गर्न स्थानीय तह, वडा तथा कुनैपनि क्षेत्रमा सकृय रहेका स्थाले यहाँ संकलीत कपडाको प्रशोधन गर्ने देखी वितरण गर्ने सम्मको व्यवस्थापन र त्यसकालागी आवश्यक पर्ने एउटा मेसिन खरिद गर्नु पर्ने हुन्छ । यदी त्यसरी कसैले यसखाले सामाजीक सेवा सकिने दमक स्थित पत्रकार मञ्चमा पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको छ ।

 

दमक, २ असार  । अहिले बर्खाको समय सुरु भएको छ । यो बेला जहाँ पनि जस्तोसुकै विपत्त तथा दुखका घटना हुन सक्ने पूर्वानुमान गरिरहिएको छ । खासगरी यस्तो बेलामा बाढि, डुबान, कटानका कारण गाउँ सर्नुपर्ने, थातथलोबाट भाग्नुपर्ने, घर बगाउने, भत्काउने जस्ता समस्या देखा पर्न सक्छन् । यसखाले अवस्थामा तत्कालै ती प्रभावीत क्षेत्रमा कसले के गर्ने र कसरी सहयोग गर्ने ? त्यसखाले न योजना बनाउन भ्याइन्छ न बजेटमा राखेर खर्च गर्ननै । तर त्यसकालागी अहिलेदेखीनै पूर्वतयारी गरियो भने संभावीत समस्याको समाधानमा सहयोग गर्न सकिन्छ । यती मात्र नभएर बिभिन्न ठाउँ विप्पन्न परिवारलाई लत्ता कपडा आवश्यक पर्योे, लाउन, ओड्न वा ओछ्याउन भने पनि कसैले त्यसको राष्ट्रव्यापी तयारी गरीरहेको छ भने सुरुदेखीनै व्यवस्थापन गर्न सकिन्छ । यी कुरालाई मद्यनजर गरेर सुरु भएको छ कपडा तथा खाद्यन्न बैक ।

 

 

प्राकृतीक विप्पत्त तथा मानवीय संकट वा समस्या ।कहाँ के पर्छ त्यहाँ सकेको सहयोग सबैले गर्ने गर्छन । तर त्यसको व्यवस्थापकीय काम भने सबैले गर्न नभ्याउन पनि सकिन्छ । गरिवि तथा समस्यामा परेका विप्पन्न परिवारको आङ ढाक्ने होस वा माम खुवाउने कर्म । दुवैकामलाई एकैसाथ लीएर अघी बढेको छ क्लोथ एण्ड फुड बैंक नेपाल । यो सस्थालाई स्थानीय रुपमा सकृय सामाजीक, सस्था, पालिका सरकार जसको नेतृत्वमा पनि स्थापना गर्न सक्छन । र त्यहिबाट स्थानीय नेतृत्व मार्फतनै लक्षीत वर्गलाई आवश्यकीय सामाग्री वितरण गरिन्छ । यसको आन्तरीक तथा सामानको व्यवसथपकीय पाटो मात्रै क्लोथ एण्ड फूड बैंक नेपालले गर्ने छ । यसलाई दमकमा यूथ नेटवर्कले सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

 

 

हरेक पालिकामा एउटा एउटा यसखाले क्लोथ एण्ड फूड बैंक स्थापना हुने हो भने जहाँ जतिबेला जे को आवश्यकता पर्यो त्यबिबेलानै वितरण गर्न सकिन्छ । यही लक्ष्य साथ अहिले यसलाई देशव्यपी रुपमा अभियानकै रुपमा खोल्न भन्दै यसका सरोकारवालाहरु सकृय भएका छन् । बैकका कार्यकारी निर्देशक सागर गौतमकका अनुसार अहिले सस्थामा तीनवटा मोवाईल किचन, ५ लाख जनालाई पुग्नेगरीको दुई दुई सेटको लत्ता कपडा , ५० हजार डसना, २० हजार थान ब्लाङकेट तयारी अवस्थामा रहेका छन् । यसलाई जहाँ जतिबेला आवश्यकता पर्छ त्यहाँ त्यतीनै बेला वितरण गरिने पनि उहाँले जानकारी दिनुभयो ।

 

 

यो बैंक सञ्चालन गर्न स्थानीय तह, वडा तथा कुनैपनि क्षेत्रमा सकृय रहेका स्थाले यहाँ संकलीत कपडाको प्रशोधन गर्ने देखी वितरण गर्ने सम्मको व्यवस्थापन र त्यसकालागी आवश्यक पर्ने एउटा मेसिन खरिद गर्नु पर्ने हुन्छ । यदी त्यसरी कसैले यसखाले सामाजीक सेवा सकिने दमक स्थित पत्रकार मञ्चमा पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।