आलेख

महावीरलाई राज्यले सदुपयोग गर्न जानेन

डा. वैज्ञानिक महावीर पुनद्वारा लिखित ३०६ पेजको आत्मकथा निक्कै चर्चित पुस्तक हो जो भर्खरै हात पर्यो । अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाइसकेका महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रको निम्ति स्वयं पुस्तक बिक्री वितरण गर्दै देश दौडाहामा रहने क्रममा विभिन्न स्थान हुँदै असार ३ गतेदेखि झापाको दमक आइपुगेका छन् ।

 

यसभन्दा अघि धरानमा उल्लेखनीय संख्यामा पुस्तक बिक्री वितरण भएको र एकजना महिलाले आफ्नो कानको सुनको कुण्डल नै राष्ट्रिय आविस्कार केन्द्रको नाममा सहयोग गरेको चर्चा समाचारमा छापिएको थियो । हिजोको समाचारमा मिक्लाजुङ गाउँपालिकामा एकैदिनमा ८ लाखको पुस्तक बिक्री वितरण भएको समाचार आयो । दमकमा पनि राम्रै बिक्री वितरण भइरहेको / हुने क्रम जारी छ । उहाँको दमक बसाइभर कति बिक्री वितरण भयो समाचार आउने नै छ ।

 

एउटा डा. वैज्ञानिक जो अमेरिका जस्तो विकसित देशको अवसर, सुख, सुविधा त्यागेर आफ्नो रास्ट्रप्रतिको अगाध प्रेम, आफुले प्राप्त गरेको आफ्नो ज्ञान र सीप प्रयोग गरी देश निर्माणको हुटहुटी बोकेर फर्केकाछन् । निक्कै समय अघि उहाँले म्याग्दी जस्तो दुर्गम ठाउँमा इन्टरनेटको सुविधा प्रदान गरे । हाल बीरगञ्जमा राष्ट्रिय आविस्कार केन्द्र स्थापना गरी विभिन्न औजार, उपकरण निर्माण गरेर देशलाई आत्मनिर्भर बनाउन दत्तचित्त लागिपरेका छन् । सियोदेखि कपडासम्म नुन देखि सुनसम्म अर्काको मुख ताक्नु पर्ने परनिर्भरतामा बाँचेको हाम्रो देश नेपालमा महावीर पुन जस्तो देश र जनताप्रति समर्पित डा.वैज्ञानिक पाउनु अत्यन्त गौरव को विषय हो ।

 

विडम्बना ! उहाँजस्तो देशभक्त, इमानदार, दुरदर्शी ज्ञान, सीप, कलाले निपुण व्यक्तित्वको राज्यले सम्मान र सदुपयोग गर्न जानिरहेको छैन । रास्ट्रलाई अग्रगामी गति प्रदान गर्न भाषण होइन दक्ष जनशक्तिको आवश्यकता पर्दछ ।जसका माध्यमबाट विभिन्न क्षेत्रमा विविध प्रकारका कलकारखाना स्थापना गरी देशलाई आत्मनिर्भर बनाउन मात्रै होइन लाखौं युवाहरूलाई स्वदेशमै रोजगारी प्रदान गर्न सकिन्छ । यसको लागि राज्यस्तर बाटै आवश्यक स्रोत साधन उपलब्ध गराउन पर्दछ । तर अफसोचको कुरा ! महावीर पुन जस्ता योग्य व्यक्ति – व्यक्तित्वहरु दुःख, कष्ट सहेर देश निर्माणमा जुट्दैछन् । उहाँले आफ्नो व्यक्तिगत सम्पत्ति जोड्नका निम्ति होइन रास्ट्र निर्माणका निम्ति दिनरात, घामपानी, भोक प्यास नभनी मौरी जसरी जुटिरहेका छन् ।

 

दार्शनिक थोरोको भनाइ छ– ‘पुरानो कोट लगाउ, नयाँ पुस्तक किन ।’ किनभने पुस्तक ज्ञानाको भण्डार हो । उहाँले गरेका संघर्ष, प्राप्त ज्ञान, सीपबारे ज्ञान हासिल गर्न समग्रमा भन्नु पर्दा डा.वैज्ञानिक महावीर पुन को हुन ? किन यसरी दुःख कष्ट झेल्दै रास्ट्र निर्माणमा जुटेकाछन् भन्ने कुराको सत्यतथ्य जानकारी प्राप्त गर्न उहाँद्वारा लिखित ‘सपना, सम्झना र अविरल यात्रा’ आत्माकथा पढ्नै पर्ने हुन्छ।उहाँको श्रम, पसिनाको सम्मान गर्न साथै भावीपुस्ताका लागि सङ्ग्रह गर्न पनि यो पुस्तक तपाईं हामीले किन्न जरुरी छ।रास्ट्र निर्माणका निम्ति आफ्नो रगत पसिना बगाउने एउटा रास्ट्रवादी वैज्ञानिकको ऐतिहासिक पवित्र संकल्पमा हामी सबै मिले साथ दिऔं ।
(दमक निवासी बाङ्देल, नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य हुनुहुन्छ । )

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय

रविलाई चिनियाँ राजदूतको आश्वासन– विपद् पूर्वसूचना प्रणाली बलियो बनाउँछौं

 काठमाडौं , १६ भदौ । रास्वपा सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवर्ता भएको छ ।उनीहरूबीच बुधबार दिउँसो सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा

रसुवा, नुवाकोट र धादिङमा १६ अर्ब ५० करोडको भौतिक क्षति

काठमाडौँ,१६ भदौ। सहरी विकास तथा भवन निर्माण विभागले हालैको बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो भौतिक क्षति भएको जनाएको छ ।सडक

डिजिटल अर्थतन्त्रमा एआई र साइबर सुरक्षामा सचेत रहन विज्ञहरूको जोड

काठमाडौं ,१६ भदौ। नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स एआइको भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत उद्योग

६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त, त्रिविमा शिक्षाध्यक्ष पनि फेरिए

काठमान्डौ,१६ भदौ ।सरकारले त्रिभुवन विश्वविद्यालयसहित ६ वटा विश्वविद्यालयमा नयाँ रजिस्ट्रार नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा शिक्षाध्यक्ष