आलेख

महावीरलाई राज्यले सदुपयोग गर्न जानेन

डा. वैज्ञानिक महावीर पुनद्वारा लिखित ३०६ पेजको आत्मकथा निक्कै चर्चित पुस्तक हो जो भर्खरै हात पर्यो । अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाइसकेका महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रको निम्ति स्वयं पुस्तक बिक्री वितरण गर्दै देश दौडाहामा रहने क्रममा विभिन्न स्थान हुँदै असार ३ गतेदेखि झापाको दमक आइपुगेका छन् ।

 

यसभन्दा अघि धरानमा उल्लेखनीय संख्यामा पुस्तक बिक्री वितरण भएको र एकजना महिलाले आफ्नो कानको सुनको कुण्डल नै राष्ट्रिय आविस्कार केन्द्रको नाममा सहयोग गरेको चर्चा समाचारमा छापिएको थियो । हिजोको समाचारमा मिक्लाजुङ गाउँपालिकामा एकैदिनमा ८ लाखको पुस्तक बिक्री वितरण भएको समाचार आयो । दमकमा पनि राम्रै बिक्री वितरण भइरहेको / हुने क्रम जारी छ । उहाँको दमक बसाइभर कति बिक्री वितरण भयो समाचार आउने नै छ ।

 

एउटा डा. वैज्ञानिक जो अमेरिका जस्तो विकसित देशको अवसर, सुख, सुविधा त्यागेर आफ्नो रास्ट्रप्रतिको अगाध प्रेम, आफुले प्राप्त गरेको आफ्नो ज्ञान र सीप प्रयोग गरी देश निर्माणको हुटहुटी बोकेर फर्केकाछन् । निक्कै समय अघि उहाँले म्याग्दी जस्तो दुर्गम ठाउँमा इन्टरनेटको सुविधा प्रदान गरे । हाल बीरगञ्जमा राष्ट्रिय आविस्कार केन्द्र स्थापना गरी विभिन्न औजार, उपकरण निर्माण गरेर देशलाई आत्मनिर्भर बनाउन दत्तचित्त लागिपरेका छन् । सियोदेखि कपडासम्म नुन देखि सुनसम्म अर्काको मुख ताक्नु पर्ने परनिर्भरतामा बाँचेको हाम्रो देश नेपालमा महावीर पुन जस्तो देश र जनताप्रति समर्पित डा.वैज्ञानिक पाउनु अत्यन्त गौरव को विषय हो ।

 

विडम्बना ! उहाँजस्तो देशभक्त, इमानदार, दुरदर्शी ज्ञान, सीप, कलाले निपुण व्यक्तित्वको राज्यले सम्मान र सदुपयोग गर्न जानिरहेको छैन । रास्ट्रलाई अग्रगामी गति प्रदान गर्न भाषण होइन दक्ष जनशक्तिको आवश्यकता पर्दछ ।जसका माध्यमबाट विभिन्न क्षेत्रमा विविध प्रकारका कलकारखाना स्थापना गरी देशलाई आत्मनिर्भर बनाउन मात्रै होइन लाखौं युवाहरूलाई स्वदेशमै रोजगारी प्रदान गर्न सकिन्छ । यसको लागि राज्यस्तर बाटै आवश्यक स्रोत साधन उपलब्ध गराउन पर्दछ । तर अफसोचको कुरा ! महावीर पुन जस्ता योग्य व्यक्ति – व्यक्तित्वहरु दुःख, कष्ट सहेर देश निर्माणमा जुट्दैछन् । उहाँले आफ्नो व्यक्तिगत सम्पत्ति जोड्नका निम्ति होइन रास्ट्र निर्माणका निम्ति दिनरात, घामपानी, भोक प्यास नभनी मौरी जसरी जुटिरहेका छन् ।

 

दार्शनिक थोरोको भनाइ छ– ‘पुरानो कोट लगाउ, नयाँ पुस्तक किन ।’ किनभने पुस्तक ज्ञानाको भण्डार हो । उहाँले गरेका संघर्ष, प्राप्त ज्ञान, सीपबारे ज्ञान हासिल गर्न समग्रमा भन्नु पर्दा डा.वैज्ञानिक महावीर पुन को हुन ? किन यसरी दुःख कष्ट झेल्दै रास्ट्र निर्माणमा जुटेकाछन् भन्ने कुराको सत्यतथ्य जानकारी प्राप्त गर्न उहाँद्वारा लिखित ‘सपना, सम्झना र अविरल यात्रा’ आत्माकथा पढ्नै पर्ने हुन्छ।उहाँको श्रम, पसिनाको सम्मान गर्न साथै भावीपुस्ताका लागि सङ्ग्रह गर्न पनि यो पुस्तक तपाईं हामीले किन्न जरुरी छ।रास्ट्र निर्माणका निम्ति आफ्नो रगत पसिना बगाउने एउटा रास्ट्रवादी वैज्ञानिकको ऐतिहासिक पवित्र संकल्पमा हामी सबै मिले साथ दिऔं ।
(दमक निवासी बाङ्देल, नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य हुनुहुन्छ । )

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका