मेलमिलापको मेसो

दमकमा मेलमिलाप प्रणालीमार्फत सामाजिक न्याय सुनिश्चितता सम्बन्धी छलफल

न्यायिक प्रक्रियालाई सहज बनाउँदै समाजमा मेलमिलाप संस्कृति प्रवद्र्धन गर्न यस कार्यक्रमले टेवा पुग्ने आयोजकको अपेक्षा छ ।

दमक, ५ असार । पछिल्लो समय वडा वडामा मेलमिलाप केन्द्रहरु छन् । तर, मेलमिलाप केन्द्रम ागर्न सकिने कामहरुका बारेमा उति साह्रो ज्ञान नहुँदा कहिलेकाहि समस्यानै उत्पन्न पनि हुने गरेको छ । यसैलाई मध्यनजर गर्दै दमक नगरपालिका वडा नम्बर ३ को सहयोगमा सोही वडाको वडा मेलमिलाप केन्द्रले सामाजिक न्याय, न्यायिक प्रक्रिया तथा मेलमिलाप सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गर्यो ।

 

 

दमक नगरपालिका वडा नम्बर ३ को आयोजनामा “सामाजिक न्याय, न्यायिक प्रक्रिया तथा मेलमिलाप सम्बन्धी अभिमुखीकरण कार्यक्रम २०८२” सम्पन्न भएको छ । दमक–२ स्थित फनपार्कमा आयोजित उक्त कार्यक्रममा मेलमिलाप प्रणालीमार्फत सामाजिक न्याय सुनिश्चित गर्ने विषयमा विभिन्न जानकारीहरू प्रदान गरिएको थियो । कार्यक्रममा मेलमिलापको अवधारणा, कानुनी प्रक्रिया, समाजमा मेलमिलाप केन्द्रको भूमिका र त्यसको प्रभावकारी कार्यान्वयनबारे छलफल गरिएको अभिमुखिकरण कार्यक्रमका सहजकर्ता तथा दमक नगरपालिकाका कानून सहायक नबिन खतिवडाले जानकारी दिनुभयो ।

 

 

नागरिकबीच उत्पन्न हुने विवादलाई शान्तिपूर्ण तरिकाले समाधान गर्न मेलमिलाप प्रक्रिया कति महत्वपूर्ण छ भन्ने विषयमा आफुहरुले ज्ञान पाएको अभिमुखिकरणमा सहभागी हुनुभएका दमक ३ का स्थानीयवासी सुकदेब लुईटेल बताउँनुहुन्छ । यस्ता प्रकारका अभिमुखिकरण कार्यक्रम समय समयमा गरिराख्नुपर्ने उहाको सुझाव थियो ।

 

 

अभिमुखिकरण कार्यक्रममा दमक नगरपालिका वडा नम्बर ३ का वडा सचिब बालकृष्ण कोईरालाले बिगतमा मेलमिलाप केन्द्रमा हात हालाहालसम्मको स्थिती आएको दृष्टान्त सुनाउदै यस्ता प्रकारका अभिमुखिकरण कार्यक्रमले भने सबैलाई सहजीकरण गर्न सहयोग पुग्ने आफुहरुको विश्वास रहेको उल्लेख गर्नुभयो ।

 

 

 

न्यायिक प्रक्रियालाई सहज बनाउँदै समाजमा मेलमिलाप संस्कृति प्रवद्र्धन गर्न यस कार्यक्रमले टेवा पुग्ने आयोजकको अपेक्षा छ । दमक नगरपालिका वडा नं. ३ को सहयोग तथा वडा मेलमिलाप केन्द्र, दमक–३ द्वारा कार्यक्रमको आयोजना गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दुई पुस्ताको बिचमा, हामी

आज पनि कतिपय परिवारमा बाबु र छोरा बिच सम्पर्क नभएको देख्छु । छोरीसँग सञ्चार छ तर छोरासँग छैन । त्यसैगरी साथीको एक्लो छोरो विदेशमा समय खेर फाल्दै थियो ।

गढीमाई मन्दिरको ताला फोडेर बहुमूल्य गहना चोरी

रौतहट,१३ साउन । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ । गत साउन १० गते

सरकारद्वारा ९ विधेयक संसदमा पेस गर्न स्वीकृति

काठमाडौं,१३ साउन । सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका

प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त बैंकिङ कसुरमा पक्राउ

काठमान्डौं, १३ साउन । प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सीबीओ) रश्मी पन्त बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई

बाघ संरक्षणसँगै द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री चौधरी

काठमाडौं ,१३ साउन । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले बाघ संरक्षणसँगै बढ्दो मानव–वन्यजन्तु द्वन्द्वको प्रभावकारी व्यवस्थापन सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनु भएको छ ।