आर्थीक सहायताले सहजता

बैदेशिक रोजगारमा ठगीएकाहरुलाई झापामा अढाई करोड बढिको आर्थीक सहायता

दमक/

सुरक्षित आप्रवासन तथा वैदेशीक रोजगारीका विषयमा दमकमा अन्तरक्रिया सम्पन्न भएको छ । दमक नगरपालिकाको समन्वयमा हेल्वीटास नेपाल र सुरक्षित आप्रवासन परियोजना सामीको आयोजनामा समाजका अगुवाहरुसँग अन्तरक्रिया भएको हो ।

सो अवसरमा सामीले गरेका कामहरु तालिमको लागि सिफारिस, आर्थिक सहायता, उद्धार, विभिन्न खालका मुद्दा, ठगी, र बैदेशीक रोजगारको शिलसिलमा लामो समय विदेश बसेर नेपाल फर्किएकालाई नेपालमै स्वरोजगारका अवसर, स्वरोजगार सम्बन्धी उद्यमशिलता तालिमका बारेमा सामि परियोजनाका झापा संयोजक फणिन्द्र दाहालले जानकारी गराउनुभएको थियो । बैदेशिक रोजगारमा जाने जिल्लाहरुमध्येमा झापामा अग्रणी जिल्ला रहेको र महिलाको हकमा सबै भन्दा धेरै झापाबाटनै जाने गरेको तथ्याकं बताउँदै दाहालले समस्या पनि उत्तीकै रहेको उल्लेख गर्नुभयो । बैदेशिक रोजगारमा जाने यूवाहरुलाई लक्षीत गरेर परियोजनाले सुचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्ष र बित्तीय सक्षरतामा मद्यत पुर्याउदै आएको छ ।

बिदेश जाने हरेक झापालीलाई राहदानी बनाउदा देखिनै न्यायमा पहुँच स्थापना गर्न जिल्ला प्रशाषन कार्यालयमा छुट्टै कक्षको स्थापना गरिएको दाहालले सुनाउनु भयो । उज्यालो खवरसँगको छुट्टै कुराकानीका क्रममा उहाँले राहदानी बनाउँन जाने जो कोहिले आफु कुन देश जाने, के काममा जाने , को मार्फत जाने , जाँदा लाग्ने पैसा कहाँ र कस्लाई कती बुझाउने , जाने देशको कानुनी कुरा, रहन सहन तथा अन्य पाटामा राहदानी बनाउनु अघिनै परामर्ष दिएर मात्रै प्रकृया अघि बढाउने गरिको पद्धतीको विकास गरेको बताउनु भयो । यसले पनि बैदेशिक रोजगारीमा जानेहरु ठगीनबाट जोगीने गरेको दाहालको दावि छ ।

२ वर्षको अवधिमा सुरक्षीत बैदेशिक रोजगारका बारेमा १६ बढि यूवाहरुलाई परामर्ष गरिएको उहाँले सुनाउनु भयो । ३ सय भन्दा बढि ठगीमा परेका , समस्यामा परेकाहरुका लागि न्यायमा सहजिकरण गरेको पनि उहाँले बताउनु भयो । यसमा ठगीमा परेकाहरुलाई न्याय दिलाउन, बिदेशमा अलपत्र परेकालाई स्वदेश फर्काउन , विदेशमा दुर्घटना भएकाहरुलाई राहत तथा क्षतीपुर्ती दिलाउन, मृत्यू भएकाहरुको परिवारलाई आर्थीक सहाता उपलब्ध गराउने जस्ता काम गरिएको र करिव अढाई करोड बरोबारको आर्थीक सहायता गरिएको दाहालले जानकारी दिनुभयो ।

सुरक्षित आप्रवासन परियोजना (सामी) को आयोजनामा झापाको दमकमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको प्रमुख अतिथीका रुपमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख ओलीले बैदेशिक रोजगारीमा जाँदा पर्ने समस्याहरुलाई रोजगारमुलक देशमा पुगेर पहल गर्न गर्नुभन्दा ति समस्याहरुप्रति पहिल्यै आकंलन गरेर, सचेत बनाएर पठाउनु पर्ने र बैदेशिक रोजगारीमा जान चाहनेलाई ठगि गर्ने परम्पराको अन्त्यको लागि जनचेतना फैलाउनु जरुरी रहेको बताउनुभएको थियो ।

नगरप्रमुख ओलीले भरसक आफ्नै देशमा श्रम गर्न सुझाव दिदै बैदेशिक रोजगारीमा जान चाहानेलाई प्राविधिक ज्ञानसहित पठाउँदा राम्रो पारिश्रमिक पाउने भएकोले त्यसतर्फ पनि सोचविचार गर्नुपर्ने धारणा राख्नुभयो । नगर प्रमुख ओलीले स्वदेशमानै आत्मनिर्भर र व्यवसवायीक हुनु पर्नेमा जोड दिँदै रोजगारीकै लागि विदेश जानु पर्नेले कानूनी बाटो र प्रकृया अपनाउन सुझाव दिनुभयो ।

स्वदेशमै रोजगारी गरौं, बैदेशिक रोजगारीमा जानेनै भए सहि सूचना लिएर र सिप सिकेर मात्र जाऔं भन्ने सामी परियोजनाको नारानै रहेको छ । हाल सामी परियोजना नेपालका ३९ जिल्ला र १ सय ५६ स्थानीय तहमा सञ्चालनमा रहेको बताईएको छ । झापाको ४ वटा पालिकामा यो परियोजना सञ्चालन भइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।   आफ्नो

सुनसरी घटना ,सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी,११ साउन ।गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : मन्त्री यादव

काठमाडौं,११साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नु भएको छ । केही दिनदेखि बजारमा

कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

विराटनगर,११ साउन। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको

कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। कम्बोडिया, म्यानमार,

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण , ३३ वर्षीय सिंह पक्राउ

काठमान्डौं ,११ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने व्यक्ति