आर्थीक सहायताले सहजता

बैदेशिक रोजगारमा ठगीएकाहरुलाई झापामा अढाई करोड बढिको आर्थीक सहायता

दमक/

सुरक्षित आप्रवासन तथा वैदेशीक रोजगारीका विषयमा दमकमा अन्तरक्रिया सम्पन्न भएको छ । दमक नगरपालिकाको समन्वयमा हेल्वीटास नेपाल र सुरक्षित आप्रवासन परियोजना सामीको आयोजनामा समाजका अगुवाहरुसँग अन्तरक्रिया भएको हो ।

सो अवसरमा सामीले गरेका कामहरु तालिमको लागि सिफारिस, आर्थिक सहायता, उद्धार, विभिन्न खालका मुद्दा, ठगी, र बैदेशीक रोजगारको शिलसिलमा लामो समय विदेश बसेर नेपाल फर्किएकालाई नेपालमै स्वरोजगारका अवसर, स्वरोजगार सम्बन्धी उद्यमशिलता तालिमका बारेमा सामि परियोजनाका झापा संयोजक फणिन्द्र दाहालले जानकारी गराउनुभएको थियो । बैदेशिक रोजगारमा जाने जिल्लाहरुमध्येमा झापामा अग्रणी जिल्ला रहेको र महिलाको हकमा सबै भन्दा धेरै झापाबाटनै जाने गरेको तथ्याकं बताउँदै दाहालले समस्या पनि उत्तीकै रहेको उल्लेख गर्नुभयो । बैदेशिक रोजगारमा जाने यूवाहरुलाई लक्षीत गरेर परियोजनाले सुचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्ष र बित्तीय सक्षरतामा मद्यत पुर्याउदै आएको छ ।

बिदेश जाने हरेक झापालीलाई राहदानी बनाउदा देखिनै न्यायमा पहुँच स्थापना गर्न जिल्ला प्रशाषन कार्यालयमा छुट्टै कक्षको स्थापना गरिएको दाहालले सुनाउनु भयो । उज्यालो खवरसँगको छुट्टै कुराकानीका क्रममा उहाँले राहदानी बनाउँन जाने जो कोहिले आफु कुन देश जाने, के काममा जाने , को मार्फत जाने , जाँदा लाग्ने पैसा कहाँ र कस्लाई कती बुझाउने , जाने देशको कानुनी कुरा, रहन सहन तथा अन्य पाटामा राहदानी बनाउनु अघिनै परामर्ष दिएर मात्रै प्रकृया अघि बढाउने गरिको पद्धतीको विकास गरेको बताउनु भयो । यसले पनि बैदेशिक रोजगारीमा जानेहरु ठगीनबाट जोगीने गरेको दाहालको दावि छ ।

२ वर्षको अवधिमा सुरक्षीत बैदेशिक रोजगारका बारेमा १६ बढि यूवाहरुलाई परामर्ष गरिएको उहाँले सुनाउनु भयो । ३ सय भन्दा बढि ठगीमा परेका , समस्यामा परेकाहरुका लागि न्यायमा सहजिकरण गरेको पनि उहाँले बताउनु भयो । यसमा ठगीमा परेकाहरुलाई न्याय दिलाउन, बिदेशमा अलपत्र परेकालाई स्वदेश फर्काउन , विदेशमा दुर्घटना भएकाहरुलाई राहत तथा क्षतीपुर्ती दिलाउन, मृत्यू भएकाहरुको परिवारलाई आर्थीक सहाता उपलब्ध गराउने जस्ता काम गरिएको र करिव अढाई करोड बरोबारको आर्थीक सहायता गरिएको दाहालले जानकारी दिनुभयो ।

सुरक्षित आप्रवासन परियोजना (सामी) को आयोजनामा झापाको दमकमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको प्रमुख अतिथीका रुपमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख ओलीले बैदेशिक रोजगारीमा जाँदा पर्ने समस्याहरुलाई रोजगारमुलक देशमा पुगेर पहल गर्न गर्नुभन्दा ति समस्याहरुप्रति पहिल्यै आकंलन गरेर, सचेत बनाएर पठाउनु पर्ने र बैदेशिक रोजगारीमा जान चाहनेलाई ठगि गर्ने परम्पराको अन्त्यको लागि जनचेतना फैलाउनु जरुरी रहेको बताउनुभएको थियो ।

नगरप्रमुख ओलीले भरसक आफ्नै देशमा श्रम गर्न सुझाव दिदै बैदेशिक रोजगारीमा जान चाहानेलाई प्राविधिक ज्ञानसहित पठाउँदा राम्रो पारिश्रमिक पाउने भएकोले त्यसतर्फ पनि सोचविचार गर्नुपर्ने धारणा राख्नुभयो । नगर प्रमुख ओलीले स्वदेशमानै आत्मनिर्भर र व्यवसवायीक हुनु पर्नेमा जोड दिँदै रोजगारीकै लागि विदेश जानु पर्नेले कानूनी बाटो र प्रकृया अपनाउन सुझाव दिनुभयो ।

स्वदेशमै रोजगारी गरौं, बैदेशिक रोजगारीमा जानेनै भए सहि सूचना लिएर र सिप सिकेर मात्र जाऔं भन्ने सामी परियोजनाको नारानै रहेको छ । हाल सामी परियोजना नेपालका ३९ जिल्ला र १ सय ५६ स्थानीय तहमा सञ्चालनमा रहेको बताईएको छ । झापाको ४ वटा पालिकामा यो परियोजना सञ्चालन भइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा