ढुकुरपानी माविका प्रधानाध्यापकसहित शिक्षक र कर्मचारीको विदाई

 

दमक, १३ असार  । ढुुकुरपानी माध्यामिक विद्यालयमा लामो समय देखी अध्यापन गराउनु भएका नि वर्तमान प्रधानाध्यापक रघुनाथ भण्डारी सहित एक शिक्षक, एक कर्मचारीलाई बिदाई गरिएको छ  । साथै कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थीलाई छात्रवृत्ती समेत वितरण गरिएको छ ।
शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी निवर्तमान प्रधानाध्यापक सहित शिक्षक ओम प्रकाश अधिकारी, कर्मचारी विरेन्द्रबहादुर श्रेष्ठलाई सम्मान पत्र सहित खादा ओडाएर विदाई गरिएको हो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हिमालय दाहाल सहित विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक सहितो उपस्थितीमा उहाँहरुको विदाई गरिएको थियो । विदाईकै बिचमा हामीलाई सांक्षीप्त प्रतिकृया दिदै विद्यालयका प्रधानाध्यापक रघुनाथ भट्टराईले तीनजनाकै आ आफ्नो ठाउँमा विद्यालयको शिक्षा विकासमा महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशाषां गर्नु भयो ।

 

यस्तै यस विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखी ५ सम्मका विद्यार्थीलाई नेपाल सरकारले पठाएको छात्राहरुकालागी नगद ४ सयका दर र दलित छात्र तथा छात्राकालागी पनि पठाएको सोहि बराबरको रकम छात्रबृत्ति वितरण गरिएको प्रधानाध्यापक भट्टराईले जानकारी दिनुभएको छ ।

 

कार्यक्रममा विद्यार्थीहरुले विदाई गरिएका शिक्षकहरुलाई फुलगुच्छा दिएर सम्मान प्रकट गरेका थीए भने छात्रवृत्ति पाउने विद्यार्थीहरु खुसीले गद गद भएका थीए ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।