दमक बाल कला उत्सव सम्पन्न

सृजनशील बन्दैछन् बालबालिका

उत्सवमा ८ विधामा प्रतिष्पर्धा, ३० विद्यालयको सहभागिता

दमक, १५ असार / किताबी ज्ञान मात्र कोरा ज्ञान हुन्छ । नेपालको परिवेशमा त अझ घोकन्ते विद्याको पृष्ठभूमिले अझै असर पारिरहेको छ । कतिपय विद्यालयमा बुझ्‌ने भन्दा घोक्ने परिपाटीलाई केन्द्रित गरिरहेको देखिन्छ । जसले गर्दा विद्यार्थीको सिकाई सृजनात्मक बन्नमा बाधा पुग्छ । यही कुरालाई दृष्टिगत गरी दमक नगर बाल सञ्जालले नगरका विद्यालयस्तरका बालबालिकाका लागि ८ वटा सृजनात्मक प्रतियोगिता राखेर २ दिने ‘बाल कला उत्सव’ आयोजना गर्‍यो । जसबाट विद्यार्थीहरुले आफ्‌ना अन्तरनिहीत प्रतिभाहरु खुलेर प्रस्तुत गर्दै रमाए ।

 

दमक नगरपालिका कार्यालयको आर्थिक व्यवस्थापनमा सञ्चालित उत्सवमा कविता, हाजिरीजवाफ, वक्तृत्वकला, वादविवाद, चित्रकला, हस्तकला, श्रुति लेखन र बुद्धिचाल प्रतियोगिता सञ्चालन भए । चित्रकलामा चुलाचुली माध्यमिक विद्यालयकी सृष्टि लिम्बू पहिलो, लालीगुराँस अङ्ग्रेजी विद्यालयकी वीना योगी दोस्रो र दुम्से आदर्श विद्यालयकी डोल्मा तामाङ तेस्रो बन्नुभयो ।

 

कवितावाचनतर्फ चुलाचुली अङ्ग्रेजी विद्यालयकी अंशु कुरुम्बाले सबैलाई उछिनेर पहिलो बन्नुभयो । सरस्वती माध्यमिक विद्यालयका वसन्त चापगाईं दोस्रो र श्री सिंहदेवी माध्यमिक विद्यालयकी सुम्निमा राईले तेस्रो स्थान प्राप्त गर्नुभयो । हस्तकलामा हिमज्योतिकी वविता बजगाईं पहिलो, एकता एकेडेमीकी प्रकृति श्रेष्ठ दोस्रो र मेची अंग्रेजी माविकी अधिश्री सुवेदीले तेस्रो पुरस्कार हात पार्नुभयो ।

 

वक्तृत्वकलातर्फ एकता एकेडेमीकी शिवाङ्गिनी रेग्मी पहिलो, प्रजिता एकेडेमीकी सोफिया ढकाल दोस्रो र लालिगुराँस अंग्रेजी स्कुल प्रमिशा चौहान तेस्रो बन्नुभयो । वादविवाद प्रतियोगितामा सरस्वती माविका डिजायर नेपाल पहिलो, प्रजिता एजुकेसनल एकेडेमीकी सोफिया ढकाल दोस्रो र झापा मोडलकी साम्राज्य अर्यालले तेस्रो स्थान हाँसिल गर्नुभयो । हाजिरी जवाफतर्फ प्रजिता एजुकेसनल एकेडेमीका ग्रिसम बजगाईं पहिलो, सृष्टि लिम्बू दोस्रो र हिमालय माविका समीक्षा कोइराला तेस्रो बन्नु भयो ।

 

उत्सवमा ३० वटा विद्यालयबाट सबैजसो विद्यामा सक्रिय सहभागिता जनाएको देखिन्थ्यो । पुरस्कार स्वरुप विधागत उपयोगिताका सामग्री प्रदान गरेर व्यवहारिकपन जोड्ने प्रयत्न भएको थियो ।

 

कविता र वक्तृत्वकलाको निर्णायक समेत रहनु भएका युवा साहित्यकार कृष्ण उदासीले विद्यार्थीहरुको सृजनशीलता नयाँ सम्भावनाको ढोका खोल्दै जाने अभिव्यक्ति दिनुभयो । ‘यत्तिको उमेर यति गर्न सक्नु ठूलो कुरा हो । बालबालिकाहरुमा सृजनशीलताको सम्भावना धेरै छ ।’
बालबालिकाहरु काँचो माटो नभई विरुवाको मुना भएको कुरा उनीहरुको प्रतिभाले चरितार्थ पारिरहेको थियो । आफूहरु भित्रको चाहनालाई यसखाले उत्सवले बाहिर ल्याएर सृजनशील बनाउन मद्धत गरेको वक्तृत्वकला प्रतियोगितामा प्रथम बन्नु भएकी शिवाङ्गिनी रेग्मीले खुसी व्यक्त गर्नुभयो ।

 

आआफ्‌ना विद्यालयबाट विद्यार्थीहरु सहभागि गराई विद्यालयको साख बढाउने प्रयत्नमा शिक्षकहरुको प्रोत्साहन र प्रयत्न थियो । होस्टेमा हैंसे गर्दै विद्यार्थीलाई प्रतियोगितामासाथै लिएर आउनु भएकी सरस्वती माविकी शिक्षक बन्दना भट्टराईले यसखाले प्रतियोगिताले आफूहरुले सिकाएको सिकाईमा थप मद्धत पुर्याई अन्तरनिहीत प्रतिभा उजागर गर्ने भन्दै कार्यक्रमको निरन्तरताको कामना गर्नुभयो । साथै बालबालिकालाई यसखाले प्रतियोगिताले निकै प्रोत्साहित गरेको उस्तैखाले धारणा राख्नु भएको अभिभावक दिपेन्द्र नेपालले पनि ।

 

विद्यार्थीको प्रोत्साहनका लागि नगरपालिका सदैब तत्पर रहिरहेको धारणा थियो दमक नगर प्रमुख रामकुमार थापाको । बालबालिकाहरुको प्रतिभा उजागर गर्ने कार्यक्रम आजको आवश्यकता रहेको चर्चा गर्दै नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले पुरस्कार वितरण कार्यक्रममा बोल्दै जित र हारको विषयभन्दा पनि सृजनशील बन्न प्रोत्साहन भर्ने कुरा महत्व रहेको विचार व्यक्त गर्नुभयो ।

 

कोरोना कहरको ठीक अघि पहिलो बाल कला उत्सव भएको थियो भनें लामो समयपछि दोस्रो उत्सवका रुपमा यो बेला कार्यक्रम गर्न सकेको नगर बाल सञ्जाल अध्यक्ष प्रिपेश श्रेष्ठ बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ ‘सबै कक्षाका लागि समग्रमा भन्दा पनि ससाना बालबालिकालाई समेत छुट्टै तहमा राखेर प्रतियोगिता गर्दा बढी व्यवहारिक हुने ठहर गरेर यो उत्सवको कार्यक्रम राखियो । जिल्लास्तरीय उत्सव राख्ने योजना पनि बनाउँदै जान्छौं ।’

बाल सञ्जालले सृजनाको यसखाले कोशिष अघि बढाएको अवस्थामा दमक नगरपालिका कार्यालयले यसअघि गठन गरेको दमक प्रज्ञा प्रतिष्ठानलाई व्यूँताएर सृजना क्षेत्रको प्रवद्र्धनमा सक्रियता बढाउनु अझ आवश्यक छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका