दमक बाल कला उत्सव सम्पन्न

सृजनशील बन्दैछन् बालबालिका

उत्सवमा ८ विधामा प्रतिष्पर्धा, ३० विद्यालयको सहभागिता

दमक, १५ असार / किताबी ज्ञान मात्र कोरा ज्ञान हुन्छ । नेपालको परिवेशमा त अझ घोकन्ते विद्याको पृष्ठभूमिले अझै असर पारिरहेको छ । कतिपय विद्यालयमा बुझ्‌ने भन्दा घोक्ने परिपाटीलाई केन्द्रित गरिरहेको देखिन्छ । जसले गर्दा विद्यार्थीको सिकाई सृजनात्मक बन्नमा बाधा पुग्छ । यही कुरालाई दृष्टिगत गरी दमक नगर बाल सञ्जालले नगरका विद्यालयस्तरका बालबालिकाका लागि ८ वटा सृजनात्मक प्रतियोगिता राखेर २ दिने ‘बाल कला उत्सव’ आयोजना गर्‍यो । जसबाट विद्यार्थीहरुले आफ्‌ना अन्तरनिहीत प्रतिभाहरु खुलेर प्रस्तुत गर्दै रमाए ।

 

दमक नगरपालिका कार्यालयको आर्थिक व्यवस्थापनमा सञ्चालित उत्सवमा कविता, हाजिरीजवाफ, वक्तृत्वकला, वादविवाद, चित्रकला, हस्तकला, श्रुति लेखन र बुद्धिचाल प्रतियोगिता सञ्चालन भए । चित्रकलामा चुलाचुली माध्यमिक विद्यालयकी सृष्टि लिम्बू पहिलो, लालीगुराँस अङ्ग्रेजी विद्यालयकी वीना योगी दोस्रो र दुम्से आदर्श विद्यालयकी डोल्मा तामाङ तेस्रो बन्नुभयो ।

 

कवितावाचनतर्फ चुलाचुली अङ्ग्रेजी विद्यालयकी अंशु कुरुम्बाले सबैलाई उछिनेर पहिलो बन्नुभयो । सरस्वती माध्यमिक विद्यालयका वसन्त चापगाईं दोस्रो र श्री सिंहदेवी माध्यमिक विद्यालयकी सुम्निमा राईले तेस्रो स्थान प्राप्त गर्नुभयो । हस्तकलामा हिमज्योतिकी वविता बजगाईं पहिलो, एकता एकेडेमीकी प्रकृति श्रेष्ठ दोस्रो र मेची अंग्रेजी माविकी अधिश्री सुवेदीले तेस्रो पुरस्कार हात पार्नुभयो ।

 

वक्तृत्वकलातर्फ एकता एकेडेमीकी शिवाङ्गिनी रेग्मी पहिलो, प्रजिता एकेडेमीकी सोफिया ढकाल दोस्रो र लालिगुराँस अंग्रेजी स्कुल प्रमिशा चौहान तेस्रो बन्नुभयो । वादविवाद प्रतियोगितामा सरस्वती माविका डिजायर नेपाल पहिलो, प्रजिता एजुकेसनल एकेडेमीकी सोफिया ढकाल दोस्रो र झापा मोडलकी साम्राज्य अर्यालले तेस्रो स्थान हाँसिल गर्नुभयो । हाजिरी जवाफतर्फ प्रजिता एजुकेसनल एकेडेमीका ग्रिसम बजगाईं पहिलो, सृष्टि लिम्बू दोस्रो र हिमालय माविका समीक्षा कोइराला तेस्रो बन्नु भयो ।

 

उत्सवमा ३० वटा विद्यालयबाट सबैजसो विद्यामा सक्रिय सहभागिता जनाएको देखिन्थ्यो । पुरस्कार स्वरुप विधागत उपयोगिताका सामग्री प्रदान गरेर व्यवहारिकपन जोड्ने प्रयत्न भएको थियो ।

 

कविता र वक्तृत्वकलाको निर्णायक समेत रहनु भएका युवा साहित्यकार कृष्ण उदासीले विद्यार्थीहरुको सृजनशीलता नयाँ सम्भावनाको ढोका खोल्दै जाने अभिव्यक्ति दिनुभयो । ‘यत्तिको उमेर यति गर्न सक्नु ठूलो कुरा हो । बालबालिकाहरुमा सृजनशीलताको सम्भावना धेरै छ ।’
बालबालिकाहरु काँचो माटो नभई विरुवाको मुना भएको कुरा उनीहरुको प्रतिभाले चरितार्थ पारिरहेको थियो । आफूहरु भित्रको चाहनालाई यसखाले उत्सवले बाहिर ल्याएर सृजनशील बनाउन मद्धत गरेको वक्तृत्वकला प्रतियोगितामा प्रथम बन्नु भएकी शिवाङ्गिनी रेग्मीले खुसी व्यक्त गर्नुभयो ।

 

आआफ्‌ना विद्यालयबाट विद्यार्थीहरु सहभागि गराई विद्यालयको साख बढाउने प्रयत्नमा शिक्षकहरुको प्रोत्साहन र प्रयत्न थियो । होस्टेमा हैंसे गर्दै विद्यार्थीलाई प्रतियोगितामासाथै लिएर आउनु भएकी सरस्वती माविकी शिक्षक बन्दना भट्टराईले यसखाले प्रतियोगिताले आफूहरुले सिकाएको सिकाईमा थप मद्धत पुर्याई अन्तरनिहीत प्रतिभा उजागर गर्ने भन्दै कार्यक्रमको निरन्तरताको कामना गर्नुभयो । साथै बालबालिकालाई यसखाले प्रतियोगिताले निकै प्रोत्साहित गरेको उस्तैखाले धारणा राख्नु भएको अभिभावक दिपेन्द्र नेपालले पनि ।

 

विद्यार्थीको प्रोत्साहनका लागि नगरपालिका सदैब तत्पर रहिरहेको धारणा थियो दमक नगर प्रमुख रामकुमार थापाको । बालबालिकाहरुको प्रतिभा उजागर गर्ने कार्यक्रम आजको आवश्यकता रहेको चर्चा गर्दै नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले पुरस्कार वितरण कार्यक्रममा बोल्दै जित र हारको विषयभन्दा पनि सृजनशील बन्न प्रोत्साहन भर्ने कुरा महत्व रहेको विचार व्यक्त गर्नुभयो ।

 

कोरोना कहरको ठीक अघि पहिलो बाल कला उत्सव भएको थियो भनें लामो समयपछि दोस्रो उत्सवका रुपमा यो बेला कार्यक्रम गर्न सकेको नगर बाल सञ्जाल अध्यक्ष प्रिपेश श्रेष्ठ बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ ‘सबै कक्षाका लागि समग्रमा भन्दा पनि ससाना बालबालिकालाई समेत छुट्टै तहमा राखेर प्रतियोगिता गर्दा बढी व्यवहारिक हुने ठहर गरेर यो उत्सवको कार्यक्रम राखियो । जिल्लास्तरीय उत्सव राख्ने योजना पनि बनाउँदै जान्छौं ।’

बाल सञ्जालले सृजनाको यसखाले कोशिष अघि बढाएको अवस्थामा दमक नगरपालिका कार्यालयले यसअघि गठन गरेको दमक प्रज्ञा प्रतिष्ठानलाई व्यूँताएर सृजना क्षेत्रको प्रवद्र्धनमा सक्रियता बढाउनु अझ आवश्यक छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति

नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुल्यो

काठमाडौँ,१५ भदौ । नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुलेको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा मृत्यु भएका थप ३ जनाको शवको पहिचान खुलेको

बालेन- रवि भेट, के भयो कुरा?

काठमान्डौ,१५ भदौ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ​भेटमा रसुवाको

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला सुरु

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला देखिन थालेको छ । प्रभावित क्षेत्रमा उपचारका लागि आएका नागरिकहरुमा झाडापखाला देखिन थालेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय

चीन–नेपाल सीमाको जिरोङ सडक खुलाउने प्रयास जारी

काठमाडौं ,१५ भदौ। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।बुधबार आएको भीषण