बाल प्रवर्द्धन

दमक ५ मा बाल सञ्जाल पुनर्गठन, अब के के काम होला ?

दमक, १५ असार / झापाको दमक ५ मा आइतबार वडाको बाल सञ्जाल पुनर्गठन गरिएको छ ।

 

५ नं वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालित र्कायक्रममा दमक ५ मा अवस्थित ८ वटा विद्ययालयको बाल क्लवबाट विद्यार्थी, शिक्षक, वडाका अध्यक्ष, सचिव, सदस्य साथै पुरानो बाल सञ्जालको प्रतिनिधिको उपस्थिति रहेको थियो ।

 

नगरको पहिलो बालमैत्री वडा बनेको ५ नम्बर वडामा बाल सञ्जालको सक्रियता महत्वर्पूण रहदै आएको छ । पूरानो बाल सञ्जालको कार्यअवधि समाप्त भएकोले पुनर्गठन गरिएको हो । ८ वटा विद्यालयबाट ११ जना विद्यायार्थी र २ जना पुरानो समिति सदस्य गरी १३ जनाको प्रतिनिधिबाट समिति बनाइएको छ । वडा बाल सञ्जालको सदस्य हुनपाँउदा सबै बालबालिकाहरुमा खुसी देखिएको थियो ।

 

पुनर्गठित वडा बाल सञ्जालको अध्यक्षमा सुकृति पराजुली, उपाध्यक्षमा दिवस वाग्ले, सचिवमा श्रीविना राई, सहसचिवमा विदुर पौडेल, कोषाध्यक्षमा दीनिसा माझी र सदस्यहरुमा इशान केरुङ, अदित वडिल ,मनिका मगर, तुमिना लिम्बू, रीया आचार्य, जिगम लिम्बू, हेमन बस्नेत निर्वाचित हुनु भएको थियो । कार्यक्रम उद्धघाटन वडा अध्यक्ष इन्द्र बहादुर गुरुङले गर्नु भएको थियो । बाल सञ्जालका कार्यक्रमले बालबालिकाको चौतर्फी विकास गर्न योगदान पुर्‍याइरहेको वडाध्यक्ष गुरुङको भनाई छ ।

सञ्जालका निवर्तमान अध्यक्ष प्रिभेस श्रेष्ठ भन्नु हुन्छ ‘बाल सञ्जालबाट बालबालिकाको सहभागिता, विकास र संरक्षणको कुरामा जोड दिएर काम गरिनु पर्छ । हामीले त्यहि अनुसार काम गर्यौं ।’ नयाँ समितिले बालबालिकाको सहभागिता र हकहितको कुरामा जोड दिन समेत सुझाव दिनु भयो । २०८० वैशाख १५ गते गठन भएको र २०८१ असार १५ गते विगठन भएको सञ्जालको नयाँ समितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष पराजुलीले अवका दिनहरुमा बालबालिकाको हित,अधिकार , संरक्षण, विकासका कुरालाई ध्यान दिदै र अग्रजहरुको सुझाव लिएर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप