दमक, १५ असार / झापाको दमक ५ मा आइतबार वडाको बाल सञ्जाल पुनर्गठन गरिएको छ ।
५ नं वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालित र्कायक्रममा दमक ५ मा अवस्थित ८ वटा विद्ययालयको बाल क्लवबाट विद्यार्थी, शिक्षक, वडाका अध्यक्ष, सचिव, सदस्य साथै पुरानो बाल सञ्जालको प्रतिनिधिको उपस्थिति रहेको थियो ।
नगरको पहिलो बालमैत्री वडा बनेको ५ नम्बर वडामा बाल सञ्जालको सक्रियता महत्वर्पूण रहदै आएको छ । पूरानो बाल सञ्जालको कार्यअवधि समाप्त भएकोले पुनर्गठन गरिएको हो । ८ वटा विद्यालयबाट ११ जना विद्यायार्थी र २ जना पुरानो समिति सदस्य गरी १३ जनाको प्रतिनिधिबाट समिति बनाइएको छ । वडा बाल सञ्जालको सदस्य हुनपाँउदा सबै बालबालिकाहरुमा खुसी देखिएको थियो ।
पुनर्गठित वडा बाल सञ्जालको अध्यक्षमा सुकृति पराजुली, उपाध्यक्षमा दिवस वाग्ले, सचिवमा श्रीविना राई, सहसचिवमा विदुर पौडेल, कोषाध्यक्षमा दीनिसा माझी र सदस्यहरुमा इशान केरुङ, अदित वडिल ,मनिका मगर, तुमिना लिम्बू, रीया आचार्य, जिगम लिम्बू, हेमन बस्नेत निर्वाचित हुनु भएको थियो । कार्यक्रम उद्धघाटन वडा अध्यक्ष इन्द्र बहादुर गुरुङले गर्नु भएको थियो । बाल सञ्जालका कार्यक्रमले बालबालिकाको चौतर्फी विकास गर्न योगदान पुर्याइरहेको वडाध्यक्ष गुरुङको भनाई छ ।
सञ्जालका निवर्तमान अध्यक्ष प्रिभेस श्रेष्ठ भन्नु हुन्छ ‘बाल सञ्जालबाट बालबालिकाको सहभागिता, विकास र संरक्षणको कुरामा जोड दिएर काम गरिनु पर्छ । हामीले त्यहि अनुसार काम गर्यौं ।’ नयाँ समितिले बालबालिकाको सहभागिता र हकहितको कुरामा जोड दिन समेत सुझाव दिनु भयो । २०८० वैशाख १५ गते गठन भएको र २०८१ असार १५ गते विगठन भएको सञ्जालको नयाँ समितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष पराजुलीले अवका दिनहरुमा बालबालिकाको हित,अधिकार , संरक्षण, विकासका कुरालाई ध्यान दिदै र अग्रजहरुको सुझाव लिएर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।









