आयुर्वेदिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम

दमकमा “स्वस्थ जीवनशैली, सशक्त ज्येष्ठ नागरिक” अभियान

उमेरसँगै देखिने समस्याबारे जानकारी दिँदै सन्तुलित जीवनशैली र प्राकृतिक उपचार विधिको महत्त्व बारे चर्चा

 

दमक, १६ असार | “स्वस्थ जीवनशैली, सशक्त ज्येष्ठ नागरिक” भन्ने नाराका साथ दमक–८ मा ज्येष्ठ नागरिक लक्षित आयुर्वेदिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ। सोमबार अर्गानिक तरकारी बजार परिसरमा आयोजित स्वास्थ्य शिविरमा १२५ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा परामर्श गरिएको छ।

 

 

पाथीभरा हेल्थ एण्ड वेलनेस फाउन्डेसन दमकको आयोजनामा र दमक–८ वडा कार्यालयको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा ६० वर्षदेखि ९७ वर्ष उमेर समूहका नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

 

 

 

शिविरमा रक्तचाप मापन, सामान्य स्वास्थ्य परीक्षण तथा आयुर्वेदमा आधारित निःशुल्क परामर्श र औषधि वितरण गरिएको फाउन्डेसनले जनाएको छ।

 

 

 

कार्यक्रमका प्रमुख अतिथि दमक–८ का वडाध्यक्ष धर्मप्रसाद दहाल (दिपेश)ले ज्येष्ठ नागरिकका लागि यस्ता कार्यक्रम अत्यन्तै उपयोगी रहेको बताए। “स्वास्थ्यप्रति सचेतना बढाउन यस्ता शिविरहरू नियमित रुपमा सञ्चालन गर्न आवश्यक छ,” उनले भने।

 

 

त्यसैगरी, प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरका निर्देशक डा. सिद्धार्थ ठाकुरले उमेरसँगै देखिने समस्याबारे जानकारी दिँदै सन्तुलित जीवनशैली र प्राकृतिक उपचार विधिको महत्त्व उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझावसमेत दिनुभयो ।

 

 

 

फाउन्डेसनका अध्यक्ष विष्णुप्रसाद पोखरेलले दमकभरि ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरू अभियानकै रूपमा सञ्चालन भइरहेको जानकारी दिँदै भविष्यमा अझ बृहत् र समावेशी कार्यक्रम ल्याइने घोषणा गर्नुभयो । “हामी जनस्वास्थ्यप्रति जनचेतना अभिवृद्धिका लागि निरन्तर नवीन कार्यक्रम गर्दैछौं,” उहाँले भन्नुभयो।

 

 

 

फाउन्डेसनका सचिव अर्जुन पौड्यालका अनुसार शिविरमा आयुर्वेद विशेषज्ञमार्फत निःशुल्क औषधि वितरण गरिएको थियो। कार्यक्रमको सञ्चालन स्वास्थ्यकर्मी टेकनाथ अर्यालले गर्नुभएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।