दमक , असार १९ । झापामा आफ्नै साथीको कुटपिटबाट दुई किशोरको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका– ९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको कुटपिटको कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका इन्सपेक्टर प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।
उनीहरूमाथि यही असार ११ गते आफ्नै साथीले निर्घात कुटपिट गरेका प्रहरीले जनाएको छ। उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो। थापाको गएको शनिबारै र तामाङको बुधबार मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो ।
कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्ने सबै १६ वर्षभन्दा कम उमेर समूहका रहेका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको एन्सपेक्टर श्रेष्ठले बताउनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।









