झापामा एक युवक ठगिए

दमक, २५ असार । झापाको गौरादहबाट एक युवक दुई प्रतिशत कमिसन खाने चक्करमा पर्दा ठगिएको भनेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेका छन् ।गौरादहका केशव ढुंगानालाई फेसबुकमा म्यासेज आएको थियो । उनले कुराकानी गर्न थाले र ‘अनलाइन जब’ को अफर आएपछि उनले स्क्यामरले भनेअनुसार ‘टाक्स’ पूरा गर्दै गएका थिए ।

 

अमेजनमार्फत मागएका सामान कुरियरमार्फत पठाउँदा लाग्ने रकम ढुंगानाको खातामा आउँथ्यो । उनले उक्त रकम स्क्यामरले भनेअनुसारको खातामा पठाउँथे । यसैगरी उनले झन्डै ८ लाख रुपैयाँ अरु खातामा ट्रान्सफर गरेको प्रहरीको सोधपुछमा स्वीकार गरेका छन् ।

 

 

पीडितले जुन व्यक्तिको बैंक खातामा सुरूमा रकम पठाएका थिए, उक्त खाता ढुंगानाकै रहेको देखिएपछि प्रहरीले उनलाई सम्पर्कमा ल्याएको थियो । अब पीडितहरूलाई बोलएर ढुंगानाको हकमा कसरी जाने भनेर प्रहरीहरू छलफल गरिरहेका छन् । दुई महिनाको बीचमा ढुंगानाले स्क्यामरबाट एक लाख रुपैयाँ कमिसन पाए । तर, अब उनले अरु खातामा ट्रान्सफर गरेको ८ लाख रुपैयाँ पीडितहरूलाई बुझाउनुपर्ने देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।