झापामा एक युवक ठगिए

दमक, २५ असार । झापाको गौरादहबाट एक युवक दुई प्रतिशत कमिसन खाने चक्करमा पर्दा ठगिएको भनेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेका छन् ।गौरादहका केशव ढुंगानालाई फेसबुकमा म्यासेज आएको थियो । उनले कुराकानी गर्न थाले र ‘अनलाइन जब’ को अफर आएपछि उनले स्क्यामरले भनेअनुसार ‘टाक्स’ पूरा गर्दै गएका थिए ।

 

अमेजनमार्फत मागएका सामान कुरियरमार्फत पठाउँदा लाग्ने रकम ढुंगानाको खातामा आउँथ्यो । उनले उक्त रकम स्क्यामरले भनेअनुसारको खातामा पठाउँथे । यसैगरी उनले झन्डै ८ लाख रुपैयाँ अरु खातामा ट्रान्सफर गरेको प्रहरीको सोधपुछमा स्वीकार गरेका छन् ।

 

 

पीडितले जुन व्यक्तिको बैंक खातामा सुरूमा रकम पठाएका थिए, उक्त खाता ढुंगानाकै रहेको देखिएपछि प्रहरीले उनलाई सम्पर्कमा ल्याएको थियो । अब पीडितहरूलाई बोलएर ढुंगानाको हकमा कसरी जाने भनेर प्रहरीहरू छलफल गरिरहेका छन् । दुई महिनाको बीचमा ढुंगानाले स्क्यामरबाट एक लाख रुपैयाँ कमिसन पाए । तर, अब उनले अरु खातामा ट्रान्सफर गरेको ८ लाख रुपैयाँ पीडितहरूलाई बुझाउनुपर्ने देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मेची भन्सारले संकलन गर्यो १३ अर्ब १४ करोड राजस्व

झापा,१९ वैशाख । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ