बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा परेर गम्भीर घाइते भएका कचनकवल गाउँपालिका–३ का ३ वर्षीय आयुष राजवंशीको पनि बुधबार राति मृत्यु भएको थियो । प्रदेश १–०१–०१६ प ९२७० नम्बरको स्कुटर र बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल ठोक्किर बुधबार दिउँसो दुर्घटना भएको थियो ।

 

 

दुर्घटनामा परेर गम्भीर घाइते भएका स्कुटर चालक कचनकवल–३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक भारत किसनगन्जका २६ वर्षीय सुरज टुडूको तत्कालै मृत्यु भएको थियो । उक्त दुर्घटनामा ३ वर्षीय आयुष र उनकी आमा २७ वर्षीय उर्मीला राजवंशी गम्भीर घाइते भएका थिए ।

 

आयुष र उर्मीला श्रीप्रसादका नाति एवं बुहारी हुन् । गम्भीर घाइते भएका आयुषको उपचारका क्रममा बिर्तामोडको बी एन्ड सी अस्पतालमा राति मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाकी उर्मीलाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।