विश्व जनसङ्ख्या दिवस विश्वका मुलुकमा विभिन्न कार्यक्रम गरी मनाइँदै

दमक, २७ असार । आज अर्थात शुक्रबार विश्व जनसङ्ख्या दिवस हो। संयुक्त राष्ट्र संघको आवह्रानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ। राष्ट्र संघका अनुसार विश्वको जनसङ्ख्या १ अर्ब पुग्न लाखौँ वर्ष लाग्यो भने त्यसपछिको २ सय वर्षमा विश्वको जनसङ्ख्या ७ गुणाले बढ्यो।

 

सन् २०११ मा विश्वको जनसङ्ख्या ७ अर्ब पुगेको थियो भने २०२१ मा यो ७ अर्ब ९० करोड पुगेको छ। जनसङ्ख्या निरन्तर वृद्धि भइरहेको छ। सन् २०३० मा ८ अर्ब ५० करोड, २०५० मा ९ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ।

 

जनसङ्ख्या वृद्धिमा प्रजनन दरमा भएका परिवर्तन, बढ्दो सहरीकरण र बसाइँसराइले दूरगामी प्रभाव पारेको रेडियो किङ एफ एम को नियमीत कार्यक्रम सत्य संवादमा कुरा गर्दै पत्रकार तथा जनसंख्याका अध्यता चेतन अधिकारीले बताउनु भयो ।

 

विगतको तुलनामा वर्तमानमा आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवास लगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेका अध्ययनको निष्कर्ष छ।

 

राष्ट्र संघीय जनसङ्ख्या १४ देशका १४ हजारभन्दा बढी मानिससँग गरेको सर्वेक्षणअनुसार प्रजनन उमेरका अधिकांश वयस्कले इच्छाअनुसार बच्चा नजन्माउनुको कारण बालबालिकाको हेरचाहमा समस्या, रोजगारीको असुरक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, महामारी, युद्ध र वातावरणीय क्षतिलाई मानिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।