नेपाल राष्ट्र बैंकद्धारा नयाँ नियम सार्वजनिक

दमक ,२७ असार । लघुवित्त संस्थाले अबदेखि स्थिर ब्याजदर पनि प्रकाशित गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एकीकृत निर्देशनमा लघुवित्तले ब्याजदर घटाउँदा वा बढाउँदा सबै ग्राहकले समानरुपमा सुविधा पाउने गरी व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।

 

 

यसअनुसार ग्राहकले कर्जा लिँदा परिवर्तनीय ब्याजदर र स्थिर ब्याजदरमध्ये कुनै एक किसिमको ब्याजदर कायम हुने गरी कर्जा लिन सक्ने व्यवस्था मिलाउनु पर्नेछ । परिवर्तनीय ब्याजदरमा प्रवाह भएको कर्जाको हकमा कर्जाको प्रस्ताव पत्रमा उल्लेख गरिएको प्रिमियम दर कर्जा अवधिभर परिवर्तन गर्न नपाइने निर्देशनमा उल्लेख गरिएको छ ।

 

 

स्थिर ब्याजदरमा प्रवाह भएको कर्जाको हकमा कर्जाको प्रस्ताव पत्रमा उल्लेख गरिएको ब्याजदर कर्जा अवधिभर परिवर्तन गर्न नपाइने बताइएको छ । यस्तै लघुवित्तले परिवर्तनीय ब्याजदर र स्थिर ब्याजदरको विवरण राष्ट्र बैंकमा पेश गर्नुपर्ने उल्लेख छ ।

 

 

राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै साउन १ देखि लघुवित्तले आफ्ना ग्राहकसँग कर्जामा लिने ब्याजदर ‘आधार दर’सँग आबद्ध गरी तय गर्नु पर्ने व्यवस्था गरेको छ । यसरी ब्याजदर तय गर्दा आधार दरमा अधिकतम ३ प्रतिशत मात्रै प्रिमियम लिन पाउने व्यवस्था गरिएको छ ।

 

 

तर, वाणिज्य बैंकहरुको औसत आधार दरभन्दा लघुवित्तले दिने कर्जाको ब्याजदर ९ प्रतिशत विन्दुभन्दा माथि हुन नहुने निर्देशिकामा उल्लेख गरीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।