हमालका कुरा

“तितो सत्य स्वीकार्न सक्ने हो भने जीवन सहज बन्छ” राजेश हमाल

साना सफलतामा रमाउन, जस्तोसुकै अवस्थामा भएपनि आत्माभित्रबाट जीवनलाई गम्भीर रूपमा बुझ्न र सकारात्मक उर्जा बोकेर अघि बढ्न सुझाव

काठमाडौं, २७ असार | महानायक राजेश हमालले जीवनलाई सजिलो बनाउने उपाय “तितो सत्य स्वीकार गर्ने साहस” भएको बताएका छन्। गुरुपूर्णिमाको अवसरमा लैनचौरस्थित मल्ल होटलमा आयोजित अकल्ड विज्ञान उत्कृष्ट पुरस्कार वितरण कार्यक्रममा बोल्दै हमालले जीवन युद्धसरह भएको बताएका थिए।

 

“जीवन एउटा युद्ध हो,” हमालले भने, “हामीले सम्पूर्ण युद्ध जित्न सक्दैनौं, तर त्यसमै भएका केही मुटभेड जित्छौं — त्यही नै सफलता हो।”

 

 

उनी थप्छन्, “वास्तविकता बुझ्ने भनेर जीवन सजिलो हुँदैन। बरु तितो सत्य स्वीकार्न सक्ने भए जीवन सजिलो हुन्छ।”

उनले साना सफलतामा रमाउन, जस्तोसुकै अवस्थामा भएपनि आत्माभित्रबाट जीवनलाई गम्भीर रूपमा बुझ्न र सकारात्मक उर्जा बोकेर अघि बढ्न सुझाव दिए।

८० जना व्यावसायिक बास्तु र ज्योतिष विज्ञ सम्मानित

सोही कार्यक्रममा संस्कार एकेडेमीले नेपालकै पहिलोपटक अनकज्योतिष, वास्तुशास्त्र, स्वर विज्ञान, एएलपी, हस्ताक्षर विज्ञानलगायतका १९ विधामा ८० जना विज्ञलाई सम्मानित गर्‍यो।

 

 

संस्कार एकेडेमीले नेपालमा साइन्टिफिक वास्तु, मोडर्न अंक ज्योतिष र अन्य प्रोफेसनल कोर्सहरु नियमित रूपमा सञ्चालन गर्दै आएको छ।

 

कार्यक्रममा विजयराज सिग्देलले पनि जीवनका भोगाइ र संस्कार सम्बन्धी अनुभव सुनाएका थिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।