किसान मर्कामा

मोरङमा पनि ‘लम्पी स्किन’को प्रकोप, औषधिको अभाव

धमाधम परिरहेछन् गाईगोरु । बढी मात्रामा बाच्छा बाच्छी मरे ।

पथरी, २८ असार /  झापामा मात्र नभएर मोरङमा पनि केही समययता गाईगोरुमा ‘लम्पी स्किन’ रोगको प्रकोप देखा परेको छ ।

 

झापाका सबै १५ वटै तहमा यसको सङ्क्रमण देखिएको र गाईगोरु मर्ने क्रम बढिरहेको बेला मोरङमा पनि उस्तै समस्या रहेको छ । जिल्लाको उत्तरपूर्वी क्षेत्र पथरी शनिश्चरे, सुनवर्षीलगायतका पालिकाहरुमा गाईगोरु ‘लम्पी स्किन’ ले मर्दै आएका छन् । पथरी शनिश्चरे १० मा यो प्रकोप बढी देखिएको छ । सो वडाको जिरिखिम्तीमा कृष्णप्रसाद ढुंगानासहितका गोठमा गाईका बाच्छा बाच्छी मर्न पुगेका छन् । ‘लम्पी स्किन’  रोग फैलिएको अवस्थामा सो पालिकाले निःशुल्क प्रदान गर्ने खोपको भनें अभाव भएका कारण महंगो मूल्य तिरेर खोप किन्दै उपचार गर्न स्थानीय वाध्य छन् । जहाँ निजी क्षेत्रका पशुस्वास्थ्यकर्मीले गाउँ गाउँमा गएर उपचार गरिरहेका छन् । उपचार ढिलो हुँदा गाईगोरु मरेर क्षति भइरहेको छ ।

 

गत वर्ष ‘लम्पी स्किन’ को भ्याक्सिनको बजेटनै छुट्याइएको भएपनि यो वर्ष बजेट नहुँदा समस्या भएको नगर प्रवक्ता नवीन कार्कीले जनाउनु भयो । नगर पशुपंक्षी शाखा प्रमुख लक्ष्मी घिमिरेले जटिल अवस्थामा भनें केही मात्रामा रहेको खोप प्रयोग गर्ने गरिएको भएपनि धेरै खोप नहुँदा समस्या भइरहेको दर्शाउनु भयो ।

 

झापामा‘लम्पी स्किन’ रोगको सङ्क्रमण फैलिँदै १४२ वटा गाईगोरु मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापाले जनाएको छ । १० हजारभन्दा बढी गाईगोरु सङ्क्रमित बनेको ६१ वटा गाईगोरु सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शितल भट्टराईले जानकारी दिनुभएको छ ।

 

जिल्लाभर किसानहरुले पालेका ५७ हजार ३४८ वटा पशुलाई निःशुल्क खोप लगाइएको भट्टराईले बताउनुभयो । गाईगोरुमा मात्र देखिने ‘लम्पी स्किन’ झापामा भैंसीमा पनि देखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही