स्कुटरको ठक्करबाट एक पैदलयात्री सख्त घाइते

दमक,३० असार । झापाको दमकमा स्कुटरको ठक्करबाट एक पैदलयात्री वृद्ध सख्त  घाइते भएका छन् । गएराति दमक –१० जहदा टोलस्थित भित्री सडकखण्डमा मे.७ प.३७८९ नम्बरको स्कुटरले पैदलयात्री सोही ठाउँ बस्ने ७७ वर्षीय देवबहादुर श्रेष्ठलाई ठक्कर दिएको हो ।

 

दुर्घटनामा श्रेष्ठको दाहिने हात भाँच्चिएको छ भने टाउको, दुबै खुट्टा र अनुहारमा चोट लागेको छ । बोल्न नसक्ने गम्भीर घाइते श्रेष्ठलाई निम्स अस्पताल दमकमा सामान्य उपचारपश्चात थप उपचारको लागि विराट टिचिङ अस्पताल बिराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।

 

स्कुटर चालक तेह्रथुम म्याङलुङ घर भई हाल दमक –१० बस्ने थुमनारायण खापुङका छोरा १६ वर्षीय अर्चन खापुङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले बताएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।