दमक,३० असार । झापाको गौरादहमा ग्वालीमा आगलागी हुँदा चार वटा चौपाया जलेर मर्नुका साथै दुईवटा चौपाया घाइते भएको जनाएको छ ।
गएराति गौरादह –२ दलु बस्ने टंकप्रसाद पौडेलको टिनको छानो, बाँसको टाटी बेरा, सखुवाको खम्बा भएको एकतले ग्वालीमा बिजुलीको तार सर्ट भई आगलागी भएको हो । ग्वाली पूर्णरुपमा जलेर नष्ट हुँदा ग्वालीमा बाँधेर राखेको एउटा दुहुनो गाई ,एक–एकवटा खसी, बोका र एउटा बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ । एउटा गर्भिणी गाई र तीन महिनाको बाछी घाइते भएका छन् ।
आगलागीबाट ग्वाली र ग्वालीमा रहेको काठपातसमेत जलेर नष्ट हुँदा करिब ६ लाख १९ हजार बराबरको क्षति भएको छ । उक्त आगो गौरादह र दमक नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा राति नै पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो ।








