दमक,३० आसर । झापाको बिर्तामोड नगरपालिका–१० मा करेन्ट लागेर १ जनाको मृत्यु भएको प्रहरी जनाएको छ ।
५३ वर्षीय पुष्प पोखरेलको मृत्यु भएको हो । प्रहरीका अनुसार आफ्नै निर्माणाधीन घरमा पानी लगाउनलाई मोटर जोड्ने क्रममा आइतबार राति अचानक करेन्ट लागेर उनी घाइते भएका थिए ।
उपचारका लागि बी एन्ड सी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।








