दमक,३० असार। झापा गाउँपालिकाबाट लाखौंको गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।
झापा गाउँपालिका ६ प्रसाईचोक बस्ने लक्ष्मी प्रसाईको घरमा कोही नभएको अवस्थामा घरको मेन गेटको ताल्चा फुटाई चोरी भएको प्रहरीले जनाएको छ । ताल्चा फुटाई घरको दराजभित्र रहेको ७ तोला ११ आना सुन, १९ तोला चाँदी गरि अन्दाजी १५ लाख ३८ हजार बराबरको गरगहना चोरी भएको पीडितले बताएका छन् ।
शनिवार भएको सो चोरीको घटनाबारे हिजो प्रहरी चौकी शरणामतीमा जानकारी गराएपछि चोरीमा संलग्न व्यक्तिको खोजतलास एवं अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।








