दमक, ३० असार । इलाममा यात्रु बोकेर गुडिरहेको ट्याक्सीलाई रुखले किचेर क्षतिग्रस्त बनाएको छ ।
सोमबार दिउँसो १२ः३० बजे इलाम माई नगरपालिका ४ सुखानी पार्कमा बिर्तामोडबाट शुक्रबारेतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ४०२३ नं. को ट्याक्सीमाथि चिलाउने जातको रुख भाँच्चिएर झरेको प्रहरीले जनाएको छ ।
ट्याक्सीको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ट्याक्सीमा चालक माई नगरपालिका १० बस्ने ३० वर्षीय वीरेन्द्र पौडेलसहित ९ जना सवार रहेका थिए । उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।








