अध्यागमनबाट विमानस्थल कर्मचारीमाथि नयाँ नियम

दमक,३० असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले कर्मचारीहरूका लागि ‘एकीकृत जबाफदेहिता फ्रेमवर्क, २०८२’ तयार पारेको छ।

 

कर्मचारीहरूको काम, कर्तव्य र अधिकारमा स्पष्टता ल्याउँदै उनीहरूलाई आफ्नो कामप्रति पूर्ण जबाफदेही बनाउन फ्रेमवर्क बनाएको हो । उक्त फ्रेमवर्क सोमबार देखि लागू भएको अध्यागमन कार्यालयले बताएको छ ।

 

विमानस्थलको अध्यागमन प्रक्रियामा बारम्बार देखिने कमजोरी, विवाद र अनियमिततालाई नियन्त्रण गर्ने उद्देश्यले फ्रेमवर्क तयार पारेको हो । यसले कुनै पनि त्रुटि वा समस्या देखिएमा कुन कर्मचारी प्राथमिक रूपमा जिम्मेवार हुने र अन्तिम जबाफदेही को हुने भनी स्पष्ट रूपमा किटान गरेको बताएको छ।

 

फ्रेमवर्कले नेपाली नागरिकको प्रस्थान, विदेशी नागरिकको आगमन तथा बसाँइ र प्रक्रियागत त्रुटिहरूलाई हरेक अवस्थामा हुने कारबाहीको व्यवस्था गरेको हो।
नक्कली वा फर्जी कागजात प्रयोग गरी कुनै यात्रुले यात्रा गरेको पाइएमा सम्बन्धित यात्रुका साथै त्यसमा संलग्न मेनपावर÷कन्सल्टेन्सीलाई समेत जिम्मेवार ठह¥याई मुलुकी अपराध संहिताअनुसार कारबाही अघि बढाइने छ।

 

आवश्यक कागजात पूरा नभएका यात्रुले प्रस्थान अनुमति पाएमा डेस्कमा खटिएका अधिकृत प्राथमिक जिम्मेवार र सुपरिवेक्षकको रूपमा रहेका वरिष्ठ अध्यागमन अधिकृत अन्तिम जबाफदेही हुनेछन्। उनीहरूमाथि छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाइने भनिएको छ।
यात्रामा प्रतिबन्धित व्यक्तिले यात्रा गरेको पाइएमा सम्बन्धित एयरलाइन्स कम्पनीलाई जिम्मेवार बनाइ कारबाहीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा लेखी पठाइने भनिएको छ।

 

नेपाल प्रवेशमा रोक लगाइएका व्यक्तिले भिसा वा आगमन अनुमति पाएमा अनुमति दिने अधिकृतलाई जिम्मेवार बनाइनेछ । त्यस्ता विदेशीलाई कानुनबमोजिम देश निकाला गर्न अध्यागमन विभागमा लेखी पठाइने र भिसा जारी गर्ने अधिकृतमाथि पनि कारबाही प्रक्रिया अगाडि बढाइने छ। भिसा नवीकरण नगरी लामो समय बस्ने विदेशी नागरिकलाई कानुनअनुसार शुल्क, विलम्ब शुल्क र जरिवाना तिराएर मात्र नवीकरण गरिने छ वा मन्त्रालयको स्वीकृतिमा देश निकाला गरिने भनिएको छ।

फ्रेमवर्कले स–साना प्रक्रियागत त्रुटिमा समेत कारबाहीको व्यवस्था गरेको छ, जसअनुसार पहिलो पटक गल्ती भएमा सचेत गराउने र त्रुटि दोहोरिएमा विभागीय कारबाही गरिने भनिएको छ।

यो फ्रेमवर्कले अध्यागमनजस्तो संवेदनशील निकायमा हुने गरेका कमजोरीहरूलाई सम्बोधन गरी सेवालाई थप पारदर्शी, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णु प्रसाद कोइरालाले काममा सहजता ल्याउने र तीव्र रूपमा सेवा प्रवाह गर्न सहज हुने बताउनु भयो । यसका लागि मुख्य सचिवबाट समेत निर्देशन आएको उहाँको भनाइ छ ।

भिजिट भिसा प्रकरण चर्चामा आएपछि अध्यागमनले कमीकमजोरी सुधार गर्न विभिन्न कदमहरू अघि सारेको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।