दमक,३० असार । कोशी प्रदेशका मुख्यमन्त्ती हिक्मत कुमार कार्कीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रभावकारी र उत्तरदायी बनाउन निर्देशन दिनुभएको छ ।
सोमबार बसेको मन्त्री परिषद्को बैठकमा मुख्यमन्त्रीले नीति तथा कार्यक्रम कार्यान्वयनमा देखिएको सुस्ततालाई सुधार गर्दै योजनाबद्ध र नतिजामुखी ढंगले अघि बढ्न निर्देशन दिएको सरकारका प्रबत्ता रेवती रमण भण्डारीले जानकारी दिनुभयो ।
यस्तै बैठकमा सामाजिक व्यवहार शुद्धिकरणसम्बन्धी नयाँ ऐन ल्याउने सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ। त्यस्तै, सरकारी कामकाजमा प्रयोग हुने भाषासम्बन्धी विधेयक पनि बैठकबाट स्वीकृत भएको भण्डारीले जानकारी दिनुभयो ।
सैबीच, ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ को केन्द्र सार्न माग गर्दै आएको निवेदन संघीय सरकारसमक्ष पेश गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।








