दमक, ३१ असार । पौडी खेल्न गएका झापाको दमक नगरपालिका–९ एक ११ बालक मृत फेला परेका छन् ।
स्थानीय रमन धिमाल सुमन धिमाल र शुष्मा धिमालका कान्छा छोरा रमन धिमाल मृत अवस्थामा फेला पर्नुभएको हो । हिजो दिउँसो पौडी खेल्न गएका रमन घर नफर्केपछि परिवारले रातभर खोजी गरेका थिए । आज बिहान स्थानीय अर्नाखाडीमा रमनको शव फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार बालकको शव दमक–४ र ९ को सीमानामा पर्ने सानो अर्नाखाडी, बेतीनि र भुतुरे खोलाको दोभानमा बिहान ५ः३० बजे फेला परेको हो।
बालक हराएको सूचना पाएपछि राति नै खोजीको अघि बढाइएको थियो । शव भेटिएपछि आवश्यक कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमका लागि दमक अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।
स्थानीयवासीले घटना प्रति गहिरो दुःख व्यक्त गरेका छन् भने रमनको परिवारमा शोकको वातावरण छ। गर्मीयाममा खुला खोलानाला र खाडीहरुमा बालबालिकाको सुरक्षाको विषयमा सचेतना आवश्यक रहेको भन्दै स्थानियहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।








