खोपले के काम गर्छ भन्नेबारे चेतना पनि छैन

चेतना अभावले मुसहर समुदाय खोपबाट वञ्चित

 

 

 

रौतहट — चन्द्रपुर–९ स्थित मुसहर बस्तीका अधिकांश स्थानीयले कोरोनाविरुद्धको खोप लगाएका छैनन् । खोपबारे चेतना अभावले उनीहरूले लगाउन चासो नदिएका हुन् ।

मुसहर अगुवा नेता नथुनी माझीले ७० घरधुरी रहेको बस्तीका अधिकांशले खोप नलगाएको बताए । खोप लगाएर के नै हुन्छ भन्ने मानसिकताका कारण लगाउन चासो नदिएको उनको भनाइ छ । ‘

मुसहर समुदायका मानिस यो सिजनमा बिहानैदेखि इँटाभट्टामा काम गर्न जाने गर्छन् । त्यसैले पनि खोप लगाउनेको संख्या न्यून छ,’ उनले भने । १०/१२ वर्षका बालबालिका पनि अभिभावकसँगै भट्टा जान्छन् । उनीहरूले पनि खोप लगाएका छैनन् ।

५८ वर्षीया रुकमतीदेवी माझी (मुसहर्नी) को परिवारमा श्रीमान् सुखल, ३ छोरा र दुई छोरी छन् । उनीहरू कसैले पनि कोरोनाविरुद्धको खोप लगाएका छैनन् । ‘कोरोनाले मरिँदैन । खोप लगाएर केही हुनेवाला छैन,’ उनी भन्छिन् । चासो नदिएकाले उनीहरूलाई खोप कहाँ र कहिले लगाउने भन्ने पनि थाहा छैन । खोप लगाउन जाँदा नागरिकता अनिवार्य गरेकाले पनि समस्या भएको उनीहरूको भनाइ छ । मुसहर समुदायमा अधिकाशले नागरिकता बनाएका छैनन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार रौतहटमा हालसम्म १ सय १९ जना संक्रमितको मृत्यु भइसकेको छ । रौतहटको जनसंख्या ५ लाख ८६ हजार छ । यीमध्ये अहिलेसम्म ४५ प्रतिशतले मात्र खोप लगाएको स्वास्थ्य कार्यालय गौरका प्रमुख सुरेश यादवले बताए । ‘दलित बस्तीका अधिकांशले खोप लगाएकै छैनन् । उनीहरूमा चेतनाको कमी छ,’ उनले भने, ‘खोप लगाएर के हुन्छ भनेर टाढिन्छन् ।

खोप केन्द्रमा आउँदैनन् । उनीहरूलाई राम्ररी सम्झाउनुपर्ने अवस्था छ ।’ स्वास्थ्य कार्यालयले दलित र खोप लगाउन नआउनेलाई लक्षित गरेर मोबाइल टोली गाउँ/गाउँ खटाउन लागेको यादवले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको मुसहर, डोमलगायत दलित बस्तीका अधिकांशले खोप लगाएका छैनन् । गुजरा–९ स्थित नदीको आडैमा रहेको अर्को मुसहर बस्तीका अधिकांशले खोप लगाएका छैनन् । बस्तीमा १ सय १९ घर छन् । बस्तीमा झन्डै २ सय बढी बालबालिका छन् । पछिल्लो समय मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहलाई विद्यालयमै पुगेर लगाउन अनिवार्य गरिएको छ ।

तर विद्यालयमा नजाने भएकाले मुसहर समुदायका बालबालिका खोप पाउनबाट वञ्चित छन् । गाउँका मुसहर अगुवा प्रकाश मुसहरले खोपबारे जानकारी गराउँदा पनि लगाउनै नमान्ने बताए । ‘खोप लगाउनै डराउँछन् । केहीकेहीले मात्र लगाए,’ उनले भने, ‘धेरैको नागरिकता छैन । त्यसले पनि समस्या भएको हो । खोपले के काम गर्छ भन्नेबारे चेतना पनि छैन ।’ जिल्लामा ६० वटा मुसहर जाति बसोबास गर्ने साना–ठूला बस्ती छन् । २ हजार ५० वटा घर छन् । २० हजारको हाराहारीमा उनीहरूको जनसंख्या छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।