खोपले के काम गर्छ भन्नेबारे चेतना पनि छैन

चेतना अभावले मुसहर समुदाय खोपबाट वञ्चित

 

 

 

रौतहट — चन्द्रपुर–९ स्थित मुसहर बस्तीका अधिकांश स्थानीयले कोरोनाविरुद्धको खोप लगाएका छैनन् । खोपबारे चेतना अभावले उनीहरूले लगाउन चासो नदिएका हुन् ।

मुसहर अगुवा नेता नथुनी माझीले ७० घरधुरी रहेको बस्तीका अधिकांशले खोप नलगाएको बताए । खोप लगाएर के नै हुन्छ भन्ने मानसिकताका कारण लगाउन चासो नदिएको उनको भनाइ छ । ‘

मुसहर समुदायका मानिस यो सिजनमा बिहानैदेखि इँटाभट्टामा काम गर्न जाने गर्छन् । त्यसैले पनि खोप लगाउनेको संख्या न्यून छ,’ उनले भने । १०/१२ वर्षका बालबालिका पनि अभिभावकसँगै भट्टा जान्छन् । उनीहरूले पनि खोप लगाएका छैनन् ।

५८ वर्षीया रुकमतीदेवी माझी (मुसहर्नी) को परिवारमा श्रीमान् सुखल, ३ छोरा र दुई छोरी छन् । उनीहरू कसैले पनि कोरोनाविरुद्धको खोप लगाएका छैनन् । ‘कोरोनाले मरिँदैन । खोप लगाएर केही हुनेवाला छैन,’ उनी भन्छिन् । चासो नदिएकाले उनीहरूलाई खोप कहाँ र कहिले लगाउने भन्ने पनि थाहा छैन । खोप लगाउन जाँदा नागरिकता अनिवार्य गरेकाले पनि समस्या भएको उनीहरूको भनाइ छ । मुसहर समुदायमा अधिकाशले नागरिकता बनाएका छैनन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार रौतहटमा हालसम्म १ सय १९ जना संक्रमितको मृत्यु भइसकेको छ । रौतहटको जनसंख्या ५ लाख ८६ हजार छ । यीमध्ये अहिलेसम्म ४५ प्रतिशतले मात्र खोप लगाएको स्वास्थ्य कार्यालय गौरका प्रमुख सुरेश यादवले बताए । ‘दलित बस्तीका अधिकांशले खोप लगाएकै छैनन् । उनीहरूमा चेतनाको कमी छ,’ उनले भने, ‘खोप लगाएर के हुन्छ भनेर टाढिन्छन् ।

खोप केन्द्रमा आउँदैनन् । उनीहरूलाई राम्ररी सम्झाउनुपर्ने अवस्था छ ।’ स्वास्थ्य कार्यालयले दलित र खोप लगाउन नआउनेलाई लक्षित गरेर मोबाइल टोली गाउँ/गाउँ खटाउन लागेको यादवले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको मुसहर, डोमलगायत दलित बस्तीका अधिकांशले खोप लगाएका छैनन् । गुजरा–९ स्थित नदीको आडैमा रहेको अर्को मुसहर बस्तीका अधिकांशले खोप लगाएका छैनन् । बस्तीमा १ सय १९ घर छन् । बस्तीमा झन्डै २ सय बढी बालबालिका छन् । पछिल्लो समय मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहलाई विद्यालयमै पुगेर लगाउन अनिवार्य गरिएको छ ।

तर विद्यालयमा नजाने भएकाले मुसहर समुदायका बालबालिका खोप पाउनबाट वञ्चित छन् । गाउँका मुसहर अगुवा प्रकाश मुसहरले खोपबारे जानकारी गराउँदा पनि लगाउनै नमान्ने बताए । ‘खोप लगाउनै डराउँछन् । केहीकेहीले मात्र लगाए,’ उनले भने, ‘धेरैको नागरिकता छैन । त्यसले पनि समस्या भएको हो । खोपले के काम गर्छ भन्नेबारे चेतना पनि छैन ।’ जिल्लामा ६० वटा मुसहर जाति बसोबास गर्ने साना–ठूला बस्ती छन् । २ हजार ५० वटा घर छन् । २० हजारको हाराहारीमा उनीहरूको जनसंख्या छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक

दमक क्याम्पसमा बन्दै छ “स्मोकिङ जोन, आफ्नै “स्विमिङ पुल समेत

दमक | ११ असार | तपाईलाई सुन्दा अपत्यारिलो लाग्ला । विद्यार्थी अध्ययन गर्ने थलोमा “स्मोकिङ जोन” पनि बन्नेछ । यदि तपाईं नेपाल बाहिरका अन्तरास्ट्रिय क्याम्पसमा

रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी