झापामा निरन्तर वर्षा

यी नदीमा उच्च बहावको संभावना, सतर्कता अपनाउन आग्रह

दमक, ३१ असार | कोशी प्रदेशमा पछिल्लो केही दिनदेखि लगातार वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेशका अधिकांश जिल्लामा अझै केही दिन भारी वर्षा हुने सम्भावना रहेकोले नदी आसपासका बासिन्दालाई विशेष सतर्क रहन अनुरोध गरिएको छ।

झापा जिल्लामा रतुवा, कमल, निन्दा, देउनीया, टाङ्टिङ, मेची  लगायत साना तथा ठुला नदीहरूमा पानीको सतह उच्च देखिएको छ।

दमक, गौरादह, कनकाई, अर्जुनधारा नगरपालिका साथै बुद्धशान्ति, कचनकवल, झापा, गौरीगन्ज ,कमल, बाह्रदसी गाउँपालिका लगायतका क्षेत्रमा डुबान र बाढीको सम्भावना रहेको मौसमविदहरुले पुर्वानुमान गरेका छन्  ।

कोशी प्रदेशका अन्य पहाडी भागहरूमा समेत वर्षाले पहिरोको खतरा बढेको छ।

संखुवासभा, तेह्रथुम, धनकुटा र भोजपुरका उकालो सडकमा सवारी आवागमन असरग्रस्त हुनसक्ने सम्भावना रहेको छ।

 

मौसमविद्‌हरूले कोशी प्रदेशभरि साउन महिनाको अन्त्यसम्म भारी वर्षा जारी रहने अनुमान गरेका छन्। त्यसैले नदी किनार र ढलान क्षेत्रमा बसोबास गरिरहेका परिवारहरूलाई सुरक्षित स्थानमा सर्न र जोखिम न्यूनीकरणका उपाय अपनाउन आग्रह गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।