व्यापारीक बहस

दमकका व्यवसायीको चटारो र व्यापारको अवस्था कस्तो ?

दमक, १ साउन । नेपालमा व्यवसायले निकै फड्कोको मारेको छ । व्यवसायीले आफ्नो मेहनत र प्रतिबद्धताबाट व्यवसायलाई नयाँ उचाइमा पुर्‍याइरहेका छन्।

 

सानो लगानी र ठुलो सपना बोकेर व्यावसायी अगाडी बढी रहेका छन् । प्रारम्भमा केही चुनौतीहरू भए पनि व्यवसायीहरुले हार मानेका छैनन ।

 

 

ग्राहकसँगको राम्रो सम्बन्ध, गुणस्तरीय सेवा र पारदर्शी कारोबारको माध्यमबाट व्यापारीहरुले स्थानीय स्तरमा विश्वास जित्न सकेका छन् । व्यवसाय भनेको केवल पैसा कमाउने माध्यममात्रै होइन, समाजसँग जोडिएको उत्तरदायित्व हो।

 

दमकका ब्यवसायी राम रिमाल भन्नु हुन्छ अहिले त्यती व्यापार राम्रो भएको छैन ।कोरोना सुरु भए सङगै असार साउन भएको ले त्यती ग्राहाक नआएको उहाको भनाई छ ।

 

दमकका अर्का व्यवसायी दिपक श्रेष्ठ भन्नु हुन्छ अहिले व्यापार १०० प्रतिसतबाट १० प्रतिसत मात्र भएको छ । ग्राहकको आवत जावत कम भएको छ । नेपालीहरुको विदेश पलायन पछि व्यापार पनि कम भएको उहाँ बताँउनु हुन्छ । व्यापारीले बैंङकको कारोबार गरेको कारण असार अन्तीममा ब्याज बुझाउनु परेकालेपनि व्यापारिलाई असार अन्त्यमा धेरै तनाव हुने उहाको भनाई छ ।

 

दमककै अर्का व्यावसायी नारायण श्रेष्ठका अनुसार अहिले खेती गर्ने समय भएका कारणपनि ग्राहकको भिडभाड कम भएको हो । जसले गर्दा पहिलेको तुलनामा अहिले व्यापार अलि कम भएको छ ।

 

दमक बहुमुखी क्याम्पसको अर्थशास्त्रको विषयमा प्राध्यापन गरिरहनु भएकी प्राध्यापक राधिका ओझा असार मसान्त भन्नाले नेपालको आर्थिक वर्षको अन्त्य हो भन्ने बुझ्नुपर्ने बताउनुहुन्छ ।

 

हरेक आर्थिक वर्षको अन्त्यमा व्यापारिहरुले कर चुक्ता गर्नु पर्ने र एक वर्षको हिसाब किताब देखाउनु पर्ने भएकोले व्यापारीहरु बढी चटारोमा हुने उहाको भनाई छ । तर यसलाई सुरुदेखीनै व्यवस्थित गर्र्दै जाने हो भने असार मसान्तमा यसरी दौडधुप गर्नै नपर्ने उहाँको सुझाव छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने

झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

काठमाडौँ ,५ असोज। झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई