दमक, २ साउन। शुक्रबार दिउँसो बिर्तामोडमा करेन्ट लागेर एक विद्युत कर्मचारीको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो २ः२० बजे बिर्तामोड २ पश्चिम स्टेण्डमा रहेको बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा अर्जुनधारा ४ भाङबारी बस्ने ३५ वर्षीय दिपक पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी बिद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रको फिल्डतर्फ काम गर्दै आइरहेका थिए ।
ट्रान्समिटर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका पाण्डेलाई सोही कार्यालयका कर्मचारीले उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याइ उपचारको गराउने क्रममा दिउँसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
प्रहरी टोली खटिएर थप अनुसन्धान तथा कानुनी प्रकृयाअन्तर्गत मुचुल्का तयार गर्ने कार्य भइरहेको डीएसपी खगेन्द्र खड्काले बताउनु भयो । अनारमनी वितरण केन्द्रका संजीवकुमार शाहका अनुसार पाण्डेले ज्यालादारी कर्मचारीको रुपमा काम गर्दै आएका थिए ।








